साइप्रस न्युज

साइप्रसमा कोरोनाका कारण आज ५ को मृत्यु, १,०५६ मा कोरोना पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ
१९ जुलाई २०२१/ लिमासोल

कोरोना संक्रमणका कारण आज ५ जनाको मृत्यु भएको छ भने १,०५६ मा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  सोमबार दिनभरी गरिएको ६९४६४  कोरोना टेस्ट मध्य बाट १०५६ मा संक्रमण भेटिएको हो।

३  दिन देखि संक्रमण मा कमि आए पनि आज भने यसमा उछाल आएको हो

आज मृत्यु हुने मा ३५, ६६,७७, ८८ र ९२  वर्ष उमेरका व्याक्ति रहेका छन्।  आज को मृत्यु को आंकडा सहित हाल सम्म ३९० जनाले ज्यान गुमाई सकेका छन्।

अहिले हस्पिटल मा २२८ जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन्। यी मध्य  ९१ % बिरामी ले कोरोना को खोप लगाएका छैनन्।

यी बिरामी मध्य ५६ जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारी सुरु भए देखि हाल सम्म ९२२५२ जनामा कोरोना संक्रमण भै सकेको छ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा गर्भवती बहिनि को हत्या गर्ने दाइलाई २५ वर्षको जेल सजाय

European Centre for Disease Prevention and Control (ECDC) ले साइप्रसलाई अझै पनि ‘डार्क रेड’ जोन मा राखी रहेको छ ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका २२३  जना मध्य २७  जना , पापोस र लार्नाका एयरपोर्ट बाट ३३०६  जना मध्य २१  जना, व्यक्तिगत रुपमा चेक गराउने ३४५१   जना मध्य २५३   जना, व्याक्तिगत डाक्टर को सिफारिस बाट ११५   जना मध्य २ जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका २०५४ जना मध्य ८२  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ६३४  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५९९२७  मध्य  ६३४   बिरामी फेला परेका मध्य निकोसियामा २१८  जना, लार्नकामा १४६  जना, लिमासोलामा १६२ जना, पापोसमा ५८   जना , फामागुस्तामा ४४   जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण निकोसियामा रहेको देखिएको छ।

संक्रमण बढे संगै खोप लगाउन जाने को संख्या पनि बढेको छ।  ५७ % जनसंख्या ले पुर्ण खोप लगाई सकेको बताइएको छ।  स्वास्थ्य मंत्रीले सोचे भन्दा धेरै खोप मा सहभागी हुन् आएका बताएका छन्।

यो समाचार पनि पढ्नुहोस् : साइप्रस भर मंगलबार पनि यी स्थानमा नि:शुल्क कोभिड टेस्ट हुँदै छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।