साइप्रस न्युज

टर्कीका राष्ट्रपति उत्तरी साइप्रसको भ्रमणमा, भरोसा शहर खुलाउने घोषणा

शेयर गर्नुहोस्
२० जुलाई २०२१ / लिमासोल

४७ वर्ष अघि टर्कीले गैर-कानुनी रुपमा कब्जा गरेको साइप्रस को ३७% भू-भाग मध्य उत्तरी साइप्रसमा पर्ने भरोसा शहरको केहि हिस्सा ३.५%  सम्बन्धित ब्याक्तिलाई  फिर्ता गरिने टर्किस सिप्रियोटका  नेता एयर्सिन ततार ले बताएका छन्।

भरोसा पूर्वी फामागुस्ताको त्यो सहर हो जुन टर्की आक्रमण पछि खाली छोडिएको थियो।

टर्कीले साइप्रस माथि आक्रमण गरेको ४७ औ वार्षिकउत्सव को अवसरमा टर्कीका राष्ट्रपति तैयाप इर्दोगान को आतिथ्यमा भएको सैनिक  परेड मा ततारले सो घोषणा गरेका हुन्।

घोषणा अनिसार भरोसा शहरको ३.५% भाग बाट टर्किस सैनिक हटाएर ग्रीक सिप्रियोटका मालिकहरु लाई दिईने छ।

अचल सम्पति आयोगमा निवेदन दिएका ग्रीक सिप्रियोट ले मात्रै आफ्नो अचल सम्पति वापस पाउने भएका हुन्।

यो निर्णयलाई राष्ट्रपति तैयाप इर्दोगानले नयाँ युगको सुरुवात भएको बताउदै भरोसा ले सबैलाई फाइदा दिने बताउनु भयो। ‘भरोसा’ भविस्यको सम्वृद्धि को प्रतिक बन्ने उहाँले बताउनु भयो।

साइप्रस राष्ट्रपति निकोस अनास्टसियादेशले नेशनल काउन्सिल संग बुधबार छलफल गर्नु हुनेछ।

सरकारको  प्रवक्ताका अनुसार  राष्ट्रपति अनास्टसियादेशले परराष्ट्र्रमंत्रीलाई अहिले को घटना क्रम बारे रास्ट्रसंघ को सेक्युरेटी काउन्सिल र रास्ट्रसंघका महासचिवलाई जानकारी गराउन  निर्देशन दिनु भएको छ।

यता, टर्कीका राष्ट्रपति तैयाप इर्दोगानले एक टापु दुइ राज्य को अवधारणा प्रति कायम नै रहेको बताएका छन्। राष्ट्रपति इर्दोगानले ग्रीक सिप्रियोट पक्षले समानता को आधारमा समस्या  समाधान गर्न नखोजेको आरोप लगाउदै अब सुरु हुने कुनै पनि प्रक्रियाको आधार नै दुइ राज्य हुनु पर्ने बताए।

उहाँले यो साइप्रसको  समस्या मा टर्कीले  अझै अर्को  ५० वर्ष खेरा फाल्न नसक्ने बताए।

टर्किस सिप्रियोटहरु ले आफ्नो स्वाभिमान र सार्वभौमिकता त्यागेर ग्रीक सिप्रियोटको इच्छा अनुसार अल्प संख्याको रुपमा बस्नु पर्ने अपेक्षा गर्न नहुने उनले बताए।

परराष्ट्रमंत्री ले आज नै सेक्युरिटी काउन्सिल का स्थायी सदस्यका ५ जना राजदुत र युरोपियन युनियन का २६ देश का राजदुतलाई राष्ट्रपति तैयाप इर्दोगान को बयान प्रति ब्रिफिंग गर्ने आज साइप्रस मेल मा खबर छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।