संघसंस्था गतिविधिसाइप्रस न्युज

किरात याक्थुङ चुम्लुङद्धारा सिसेक्पा तङ्नामको अवसरमा शुभकामना अदानप्रदान

शेयर गर्नुहोस्

दिनेश गौतम
लिमासोल ,साईप्रस
किरात याक्थुङ चुम्लुङ साइप्रसले आईतवार सिसेक्पा तङ्नाम तथा साउने संक्रान्ती शुभकामना आदानप्रदान तथा साँस्कृतिक वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
चुम्लुङ साइप्रस अध्यक्ष तेजबहादुर सिगु ज्युको सभापतित्व तथा सचिव रेश्मा लिम्बू ज्युको संयोजकत्वमा आफ्नो मौलिकता झल्काउने र संस्कृति जगेर्नाको प्रयास , आपसी सद्भाव भेटघाट कार्यक्रम भएको थियो ।

कोरोना भाईरसको स्वस्थ्य प्रोटोकललाई मध्य नजर गर्दै केही सिमित ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रममा सम्पन्न गरिएको सचिव रेश्मा लिम्बुले जानकारी दिनुभयो ।

के वाई सिकी उपाध्यक्ष निता लिम्बुको स्वागत तथा सिसेक्पा तङ्नाम पुजा गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथि सुरेन ताम्लिङ् ,बिष्णु लिङ्देन , ह्योल्मो युनिट साइप्रसकी प्रतिनिधि कार्चुङ ह्योल्मो , मगर सघंका खनेन राना मगर लगाएतको उपस्थिति रहेको थियो ।

भने कार्यक्रममा सांस्कृतिक कार्यक्रम सुरेन ताम्लिङ , मिजिरा सम्बाहाम्फे , बर्षा इङ्नाम लिम्बू लगाएतले गर्नुभएको थियो । कार्यक्रम स्थल अवलोकनको लागि कियाचु साइप्रसकी संस्थापक संयोजक सरिता लिङ्देन र सह- सचिव डिकबहादुर लिम्बू तथा प्राबिधिकमा सहयोग गर्नुहुने खगेन राना मगर, यज्ञ मगरलाई किरात याक्थुङ चुम्लुङ साइप्रसले विशेष धन्यबाद दिएको सचिव लिम्बुले बताउनु भयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *