प्रवास

कुवेतमा नेपालीले गरिन आत्महत्या, अर्का नेपालीको हृदयघातका कारण मृत्यु

शेयर गर्नुहोस्

कुवेतमा दुईजना नेपालीले ज्यान गुमाएका छन । लमजुङका अमिर तामाङको हृदयघातका कारण मृत्यु भएको हो भने धनकुटा कि सुमित्रा तामाङले आत्महत्या गरिएको खबर प्राप्त भएको छ ।

जुलाई १९ सोमबार अमिरको कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो भने सुमित्राले २० तारिकमा साल्मिया एरियामा आत्महत्या गरेकि हुन । घरेलु कामदारको रुपमा लेबानानी मालिक को अपार्टमेन्ट मा काम गर्दै आएकी उनिले आफ्नै रुमको  सिलिङ्ग फ्यान मा झुन्दिएर आत्महत्या गरेको अरब टाइम्सले समाचार छापेको छ।

लमजुङ जिल्लाबाट जारी भएको ०६९५३३३५ नम्बरको राहदानी वाहक २५ वर्षीय तामाङको १९ जुलाई २०२१ का दिन कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

५ वर्ष पहिले रोजगारीका सिलसिलामा कुवेत आएका तामाङले गत नोभेम्बर २०२० मा घर जान्छु भनी कम्पनीबाट पासपोर्ट लिएका थिए तर उनी घर नफर्की कम्पनीबाट भागि अबैधानिक रुपमा लुकीछिपी कुवेत बस्दै आएका थिए ।

भने सुमित्रा तामाङ (१०६६७३०१) अन्य बाटो हुँदै कुवेत आएको हुदा पुर्ण विवरण प्राप्त हुन सकेको छैन ।

नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि कानूनी प्रकृयाका कामहरु अगाडि बढाईसकिएको हुदा परिवारलाई सम्पर्कमा आउन अनुरोध गरेका छन  ।

निरेमअपडेट मा प्रकाशित 

यो पनि पढ्नुहोस : किरात याक्थुङ चुम्लुङद्धारा सिसेक्पा तङ्नामको अवसरमा शुभकामना अदानप्रदान

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।