देश विदेश

काठमाडौंमा भूकम्पको धक्का

शेयर गर्नुहोस्

काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

क्षति को बिवरण आइ सकेको छैन।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको थियो।

उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो। केन्द्रका अनुसार त्यो भूकम्प ३.२ म्याग्नेच्युडको थियो।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।