साइप्रस न्युज

लिमासोल जिल्ला अदालतमा आगो लगाउनेको खोजी जारी

शेयर गर्नुहोस्
२३ जुलाई २०२१/लिमासोल

लिमासोल जिल्लाअदालत मा आगो लगाउने प्यालेस्टेनी  नागरिक को खोजि भए संगै यसको पछाडी मास्टर माइण्ड को हो भनि लिमासोल प्रहरी ले खोजि कार्य तिव्र पारेको छ।

हिजो बिहिबार दिउँसो करिब १.४० बजे अदालत भित्र बाट धुवाँ निस्किदै गरेको देखे पछि स्थानियले प्रहरी र दमकललाई खबर गरेका थिए।

अदालत भित्र को सबुत प्रमाण रहने  एक महत्वपूर्ण कोठामा आगो लागिएको थियो।  सिसिटिभी फुटेजमा आगो लगाउने व्याक्तिले तुरुन्तै प्रहरीले पहिचान गरि खोजि सुरु गरेको हो।  पहिले पनि चोरी को केश मा पक्राउ परि सजाय काटेका ३७ वर्षीय प्यालेस्टेनी  नागरिक असरफ ओल्वान अपराधि भए पनि यसको पछाडि कसको हात रहेको छ भनि प्रहरीले पत्ता लगाउने कोसिस गरि रहेको छ।

आगलागी बाट पुरानो जिल्ला अदालतको प्रमाण राखिने कोठाको साबित र संवेदनशिल आपराधिक केशको फाइल पनि जलेर नस्ट भएको छ।  आपराधिक अदालत मा विचाराधीन रहेको ३ वटा महत्वपूर्ण केस फाइल र कागजात रहेको ठिक बिपरित को कोठामा आगो लगाइएको रिपोर्ट मा उल्लेख गरिएको छ।

आगलागी भएको हिस्सामा methamphetamine lab ring केशको प्रमाण रहेको बन्दुक र गत वर्ष साइप्रसबाट अस्ट्रेलिया पठाईएको ‘बारबिक्यु ‘ मा पाइएको ६४५ किलो एमडिएमए ड्रग केस को पनि प्रमाण रहेको थियो, यी सबै प्रमाण नस्ट भएका छन्।

२ जना व्याक्तिले अग्लो भर्याङ्ग प्रयोग गरि झ्याल फुटाएर मा प्रवेश गरेको सिसिटिभी फुटेज मा देखिएको छ। आगलागी प्रश्चात अपराधिहरु भर्यांग छोडेर भागेका थिए।

प्रहरीले अपराधमा संलग्न ३७ वर्षीय प्यालेस्टेनी  नागरिक असरफ ओल्वान को फोटो सार्वजनिक गर्दै यो व्याक्ति वा घटना संग सम्बन्धित जानकारी वा सुचना पाए पब्लिक  हटलाइन १४६० वा Limassol CID को नम्बर  25805057 मा फोन गर्न अनुरोध गरेको छ।

यो घटनाले अदालत जस्तो संवेदनशिल क्षेत्रको सुरक्षा माथि  प्रश्न  उठेको छ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।