साइप्रस न्युज

लिमासोलमा हत्याको आरोपीलाई 6 वर्ष र आयानापा रेप केसमा 5 वर्षको जेल सजाय

शेयर गर्नुहोस्
समिम मियाँ
२४ जुलाई २०२१/लिमासोल

गत वर्ष अगस्ट महिनामा लिमासोलको मुटु मानिने बजारमा गोलि चलाएर हत्या गर्ने कोसिस गरेको आरोपमा पक्राउ परेका लेबनानी नागरिकलाई ६ वर्ष को सजाय भएको छ।

लिमासोल को आपराधिक अदालत ले यो मुद्दा मा सुनुवाई गर्दै शुक्रबार ६ वर्ष को सजाय सुनाएको हो।

गोलि चलाउने उक्त अपराधी टर्की शाषित नर्थ साइप्रसमा पक्राउ परेका थिए तर गत नोभेम्बर मा उनले आफ्नो अपराध स्वीकार्दै साइप्रस प्रहरी सामु आत्मसमर्पण गरेका थिए।

प्रहरीका अनुसार लेबानानी नागरिक को बार्बर शप मा दुइ जना सिरियाली नागरिकले सपका मालिक लाई धम्काए।  सपका मलिकले आफ्नो भाइलाई मदद को लागि बोलाए।  उनि आएर कुरा बुझन् खोज्दा सिरियाली नागरिक ले सपका मलिकका भाइलाइ लात हाने।

लात हानेको देखेर सपका मलिकले आफु संग भएको बन्दुक निकालेर सिरियाली नागरिक तिर तेर्साएर गोलि चलाएर फरार भए।  गोलि चल्दा सिरियाली  मध्य एकको घाँटी मा गोलिले छोएर गयो।  उनलाई तुरुन्त अस्पताल भर्ना गरियो तर सामान्य उपचार गरेर डिस्चार्ज गरिएको थियो।

सिरियाली ले गोलि चलाउन उक्साएको र आफ्नो भाइ को जीवन रक्षाको लागि गोलि चलाएको भनि दिएको तर्कलाई अदालत ले गम्भीरताका साथ लिद्दै फैसला सुनाएको हो। आरोपी २७ वर्षका हुन्।

आइनापा मा १८ वर्षीय युवतीलाई बलात्कार गर्ने लाई ५ वर्षको सजाय

लार्नाका जिल्ला अदालत बलात्कार को आरोप मा पक्राउ परेका २८ वर्षका एक विदेशीलाई ५ वर्ष को जेल सजाय सुनाएको छ। १८ वर्षीय युवतीको आइनापामा आफ्नो रेप भएको प्रहरी मा उजुरी दिएकि थिइन्।

आइनापाको एक नाइटक्लबमा युवती आफ्नो साथी संग रमाउन गएकी थिइन् जहाँ ति युवतीको  दुइ पुरुष संग भेट भयो। मध्यरातमा रक्सि पिएर उनीहरु सबै हिडेर आइनापा सेन्टर जादै गर्दा २८ वर्षका पुरुषले उनि संग जबर्जस्ति गरे।  युवतीले निकै रक्सि पिएको हुनाले के भएको थियो भनि पुरै याद नभएको प्रहरीलाई बताएकी थिइन्।

प्रहरीले उनको मेडिकल चेकअप गराएको थियो। पक्राउ परे पछि सो पुरषले युवती संग आफ्नो शारीरिक सम्बन्ध बनाएको स्वीकार गरे रेप नगरेको बताए।  युवतीले संग  राजि खुसि मै सम्बन्ध बनाएको उनले भने। पुरुष कुन देश का नागरिक हुन् प्रहरी ले परिचय खुलाएको छैन।

यो पनि पढ्नुहोस् : साइप्रसमा कामदार अभाव, विधार्थीका लागि विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुल्यो

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।