देश विदेश

इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी

शेयर गर्नुहोस्

वैदेशिक रोजगार विभागले इज_रायलजाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि बढेको बताउनुभयो ।

निर्देशक भट्टराईले केही दिनमा सूचना जारी गरेर यस विषयमा जानकारी दिने तयारी भएको बताउनुभयो ।

त्यस्तै विभागका अर्का निर्देशक डम्बरबहादुर सुनुवारले इज_रायल जान चाहने कामदारको लागि सोमबार वा मंगलबार सूचना सार्वजनिक गर्ने बताउनुभयो । उहाँका अनुसार सूचना जारी भएको २१ दिनपछि परीक्षा लिने मिति राष्ट्रिय दैनिक र वैदेशिक रोजगार विभागमा सार्वजनिक गरिनेछ ।

सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इज_रायलको कानुनी व्यवस्थाबारेमा जानकारी राखिनेछ भने परीक्षा अंग्रेजी भाषामा हुने उहाँले बताउनुभयो ।

त्यसपछि अन्तर्वार्ता लिएर अन्तिम योग्यता सूची तयार गर्ने र उक्त सूची इज_रायलको पीआईबीएलाई पठाउने र विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार त्यसपछि भिसा प्रक्रियाको काम अगाडि बढ्छ । नेपाल सरकार र इज_रायल सरकारबीचको सम्झौताको आधारमा स्याहार केन्द्रमा एक हजार नेपाली कामदार माग भएको छ ।

विभागमा माग गएको उक्त कामदारमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको रहेको निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

कमाइ र कार्यस्थलका हिसाबले इज_रायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्यको रुपमा माँनिदै आएको छ । अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इज_रायल ले विभागमा पठाउने छ ।

विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इज_रायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर ९ एक लाख ७८ हजार नेपाली रूपियाँ पारिश्रमिक पाउनेछन् ।

मन्त्रिपरिषदबाट इज_रायलकामदार पठाउन निर्देशिका स्वीकृत भएपछि कोभिड–१९ को दोस्रो लहर शुरु भएसँगै निषेधाज्ञा जारी भएकाले कामदार पठाउने प्रक्रिया रोकिएको थियो ।

सन् २०१२ देखि कामदार जान रोकिएको तर सन् २०१५ मा पुनः निजी क्षेत्रबाट नै कामदार लैजाने गरी सम्झौता भए पनि सरकारी तवरमा नै लैजाने निर्णय भएको हो ।

सरकारी तहमा लैजाने भनेर सम्झौता भए पनि कामदार इज_रायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् ।

यो पनि पढ्नुहोस् :  इजराइलमा कामदार पठाउने प्रक्रिया सुरु, तलब १५ सय ४३ डलर, कसरी जाने त ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।