संघसंस्था गतिविधिसाइप्रस न्युज

चितवन सेवा समाज साइप्रसको अध्यक्षमा पुन: कबिता भण्डारी चयन

शेयर गर्नुहोस्

दिनेश गौतम
निकोसिया, , चितवन सेवा समाज साईप्रसको तेस्रो अधिवेशनले कबिता भण्डारीको नेतृत्वमा १६ सदस्यीय नया नेतृत्व चयन गरेको छ । आईतवार २५ तारिख भर्चुवल माध्यमद्धारा भएको समाजको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा मन्जु सि. ठकुरी , प्रथम उपाध्यक्ष दिपक पौडल ,द्धितिय उपाध्यक्ष आशा गुरुङ महासचिव  बिमल पुरी ,सचिब  सुनिल रेग्मी (पुस्तक ) सह सचीव बिन्दु दुलाल ,कोषाध्यक्ष एलिसा गुरुङ ,सह कोषाध्यक्ष सुनितागुरुङ लाई चयन गरेको छ भने सदस्यहरुमा सुमित्रा चुनेलि , रन्जित पोख्रेल ,अनिल खत्री , मुना गुरुङ पुलामी , ललिता गुरुङ ,मनिसा पौडेल , बिशाल क्षेत्री चयन हुनुभएको छ ।

चितवनको विकास र समाजिक भावना , समाजको एकता समृद्धिको चाहना भन्ने नाराका साथ चितवन सेवा समाज साईप्रस करिब पाचं बर्ष अघि स्थापना भएको थियो।

समाजले साईप्रस एवमं नेपालमा विभिन्न समाजिक कार्यहरुमा निरन्तर सरिक रहदै आईरहेको र अगामी दिनहरुमा पनि अझै तदारुपकताका लाग्ने नवनिर्बाचित अध्यक्ष भण्डारीले प्रतिबद्धता जनाउनु भएको छ ।

समाजका केन्द्रिय संयोजक मुक्ति प्रसाद अधिकारीको प्रमुख अतिथ्यता ,केन्द्रीय महिला उपाध्यक्ष कबिता ढकाल , प्रवास संयोजक राजन कुमार श्रेष्ठको विशेष अतिथ्यतामा भएको कार्यक्रममा शेर्पा किदुक साईप्रसकी अध्यक्ष निमदिकी शेर्पा , एनआरएनए साईप्रसका प्रमुख संरक्षक सुबास मल्ल , महिला प्रतिनिधि सरिता चौधरी सहभागिता रहेको थियो।

साथै समाजकी संस्थापक अध्यक्ष जसुमाया पुन , एनआरएनए साईप्रसका युवा संयोजक कुन्दन कार्की , सदस्य सरस्वती खनाल तिमिल्सीना , तमु समाज साईप्रसकी अध्यक्ष सुनिता तमु , नेपाली जनसम्पर्क समिति साईप्रसका महामन्त्रि कुमार सिहं  ,पत्रकार समिम मिया , नेपाल पत्रकार महासघं युरोप शाखा सदस्य दिनेश गौतम, चितवन सेवा समाजका पदाधिकारीहरु लगाएत विभिन्न समाजिक एवमं जातिय सघंसस्थाहरुको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

भर्चुवल कार्यक्रमको संचालन समाजका प्रतिनिधि सुनिल रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *