साइप्रस न्युज

अब सबैका लागि walk in vaccine center खुला, खोप लगाउन निकै सजिलो हुने

शेयर गर्नुहोस्
समिम मियाँ
२९ जुलाई २०२१ /लिमासोल

राष्ट्रिय स्वास्थ्य योजना (गेसी) अन्तर्गत दर्ता नभएका व्याक्तिहरुका  सरकारले नि:शुल्क कोभिड विरुद्धको खोप लगाउन “वाक इन  भ्याक्सिन सेन्टर “खुल्ला गर्ने घोषणा गरेको छ।

स्वास्थ्य मन्त्रालयले  बुधबार दिएको जानकारी अनुसार आगामी अगस्ट ६ तारिख बाट “वाक इन  भ्याक्सिन सेन्टर ” खुला गरिने भएको हो।

जुलाई १५ तारिख देखि सुरु भएको  “वाक इन  भ्याक्सिन सेन्टरले  गेसी मा दर्ता भएका व्याक्ति ले मात्र खोप लगाउन जुन सुकै बेला जान सक्ने व्यावस्था गरिएको थियो।

“वाक इन  भ्याक्सिन सेन्टर सुरु भएको एक हप्तामै करिब छ हजार ले खोप लगाएका थिए।  “वाक इन  सेन्टरमा जाने ले अहिले फ़ाइजर को खोप लगाउन पाईरहका छन्।

गेसी मा दर्ता नभएका व्याक्तिहरुहरु ले अब आगामी ६ तारिख देखि हरेक शुक्रबार देश भरि संचालन भएको भ्याक्सिन सेन्टर मा गएर खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले सम्म गेसी मा दर्ता नभएकालाई खोप लगाउनको लागि झन्झटिलो  प्रक्रिया रहेको थियो तर अब यो प्रक्रिया पुरा नगरी सिधै खोप केन्द्रमा पासपोर्ट वा भिसा कार्ड वा परिचय खुल्ने कागजात  लिएर खोप लगाउन सकिनेछ।

“वाक इन  भ्याक्सिन सेन्टर मा खोप लगाउन जानेले पहिला जानेले पहिले पाइने नियम अनुसार खोप लगाउन पाउनेछन।  अहिले  ५० वर्ष मुनिका व्याक्तिलाई एमआरएनए  खोप अनतर्गत मोडेर्ना र फ़ाइजर दिइदै छ।

खोप लगाउने बारे सहज बनाउन  स्वास्थ्य मन्त्रालयले आगामी दिन मा विभिन्न घोषणा गर्ने  बताइएको छ।

साइप्रस युनिभर्सिटी अफ टेक्नोलोजी (टेपक) ले युनिभर्सिटी विधार्थी र स्टाफका लागि आफ्नो हाता भित्र बिहिबार वाक इन  भ्याक्सिन सेन्टर संचालन गर्ने बताएको छ। बिहान ८.३० बजे देखि दिउँसो २ बजे सम्म Tassos Papadopoulos building in amphitheatre number 2 मा संचालन हुने बताइएको छ।

देश भरि मा अब २ लाख व्याक्तिले मात्र कोरोना को खोप लगाउन बाँकी रहेको स्वास्थ्य मंत्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस् : कहाँ कहाँ जान चाहिन्छ सेफ पास ? के हो यो सेफ पास भनेको ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।