देश विदेश

ठगिनु होला है, मेनपावरबाट होइन सरकारी संयन्त्रमार्फत जान पाइने हो इजरा*इल

शेयर गर्नुहोस्

गत मंगलबार(साउन १२ गते) नेपाल सरकारले महिला र पुरुष गरी १ हजार जना युवा इजरा*इल पठाउने गरी इजरा*इल रोजगारीको आवेदन खुल्ला गरेको छ। उक्त आवेदन कुनै पनि म्यानपावर कम्पनी वा प्राइभेट सेक्टरबाट नभई सरकारी संयन्त्रमार्फत अर्थात् सरकारी तबरबाट जान पाउने गरी खुलाइएको हो।

हाल खुलेको इजरा*इल रोजगारी, नेपाल सरकार र इजरा*इल सरकारको सम्झौता भए अनुसारको आवेदन माग गरिएको हो।

त्यसैले रोजगारीमा जान चाहने र आवेदनमा खुलाइएको क्राइटेरियाभित्र पर्ने युवाहरुले कसैको भ्रममा नपरी अनलाइन फारम भर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ।

तर, अहिले कतिपय युवाहरु प्राइभेट सेक्टरमार्फत जाने होला भन्ने भ्रममा रहेका छन्। वैदेशिक रोजगार विभागका शाखा अधिकृत मातृका सापकोटाका अनुसार जथाभावी यूटुबमा आएको अडियो म्यासेस आदिले भ्रम छरेकाले धेरै युवाहरु झुक्किइराखेका छन्।

उनले भने, ‘यूटुबरमा हालिएको अडियोमा मान्छेहरुले विभागको बद्नाम गरेका छन्। विभागसँग हाम्रो सम्पर्क छ।

यति कोटा हामीले पाइसकेका छौं भनेर यूटुबमा अडियो म्यासेस राखेका छन्। र, भित्रभित्रै यसो हो भन्दै पैसा उठाइराखेका छन्।’

अडियोमा भनिएको छ, ‘मालिक,इजरा*इल को हाम्रो अफिसमा २ सय ५० कोटा परेको छ । गुडन्युज, सरकारले एक हजार पठाउने भएपनि हाम्रो अफिसलाई २ सय ५० कन्फर्म भयो । अनलाइन फारम भर्ने हो । अनलाइन फारम भर्ने हो । अनलाइन फारम भरेपछि एउटा लिष्ट दिन्छ । त्यो लिष्ट हामीलाई दिएपछि भयो । मालिक । नर्सहरु, अनमीहरु, अहेवहरु र १२ कक्षा पढेका केटीहरु, केटीहरु वा केटा । इङ्लिस बोल्ने । १२ कक्षा पढेकालाई तीन महिनाको तालिम गरेको प्रमाणपत्र चाहियो । नर्सहरु, अनमीहरु, अहेवहरुलाई परेन । फारम भरेको लिष्ट हामीलाई दिने, तपाईंलाई गुड चान्स ल ।’

 

विभागले जारी गरको सूचनामा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको उचाई कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलो हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा १५ महिनाको अध्ययन वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ । उनले यस बारेमा भने खासै केही भनेका छैनन् ।

विभागका शाखा अधिकृत सापकोटाले इजरा*इल रोजगारी जान चाहनेले विभागको वेबसाइडमा हेरेर पढ्दा सबै कुरा प्रष्ट हुने बताएका छन्। साथै, उनले कसैको भ्रममा नपरि अनलाइन फारम भर्न आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस् : १००० जनाको लागि खूल्यो इजरा*इल ,अप्लाई गर्ने तरिका सहित। साइप्रस बाट पनि मिल्छ कि ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “ठगिनु होला है, मेनपावरबाट होइन सरकारी संयन्त्रमार्फत जान पाइने हो इजरा*इल

Comments are closed.