कोरोनासाइप्रस न्युज

साइप्रसमा एक लाख नाघ्यो कोरोना संक्रमितको संख्या, ४१२ को मृत्यु

शेयर गर्नुहोस्
समिम मियाँ
२९ जुलाई २०२१/लिमासोल

गत वर्ष कोरोना भाइरस को महामारी सुरु भए देखि बुधवार सम्म संक्रमित को संख्या एक लाख नाघेको छ।  हाल सम्म कोभिड का कारण साइप्रसमा ४१२ जानाले ज्यान पनि गुमाउनु परेको छ।

कोरोना संक्रमणका कारण हिजो बुधबार २  जनाको मृत्यु भएको छ भने ७६९  मा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  बुधबार दिनभरी गरिएको ७०६७८  कोरोना टेस्ट मध्य बाट ७६९ मा संक्रमण भेटिएको हो। हाल सम्म एक लाख एक सय उनान्तीस जनामा संक्रमण भै सकेको छ।

अहिले हस्पिटल मा २८६  जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन्। यी मध्य  ८८ % बिरामी ले कोरोना को खोप लगाएका छैनन्।

यी बिरामी मध्य ८३ जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका मध्य ३८  जना , पापोस र लार्नाका एयरपोर्ट बाट १५  जना, व्यक्तिगत रुपमा चेक गराउनेमध्य ७४ जना,  सरकारी हस्पिटल बाट २६  जनामा कोरोना पोजेटिभ देखिएको हो।

सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ४६०  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत६१९०४  मध्य  ४६०   बिरामी फेला परेका मध्य निकोसियामा १०६ जना, लार्नकामा ७७ जना, लिमासोलामा १३५ जना, पापोसमा ६३ जना , फामागुस्तामा ५३ जना साथै नेशनल गार्ड सैनिक मा १२ जना, लार्नाकाको नर्सिङ्ग होम मा १३  र निकोसियाको नर्सिङ्ग होममा एक जना मा संक्रमण पुष्टी भएको हो।

यो पनि पढ्नुहोस् : साइप्रसको खोप लगाउन झन्झटिलो प्रकिया हट्यो, अब जति बेला गएर पनि खोप लगाउन सकिने 

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा गर्भवती बहिनि को हत्या गर्ने दाइलाई २५ वर्षको जेल सजाय

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।