देश विदेश

अमेरिकामा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

शेयर गर्नुहोस्

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार राति  १०:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भुकम्प  संगै सुनामी आउने चेतावनी जारी गरिएको छ।  भुकम्प पछि ५.६ र ६ रेक्टर स्केल को २ पल्ट पराकम्प पनि गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् : साइप्रसमा एक लाख नाघ्यो कोरोना संक्रमितको संख्या, ४१२ को मृत्यु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।