साइप्रस न्युज

सेफपास बारे शुक्रबार नयाँ नियम आउने सक्ने, झन् कडाइ गर्ने संकेत

शेयर गर्नुहोस्
समिम मियाँ
२९ जुलाई २०२१/लिमासोल 

सरकारले सेफपासको नियममा झन् कडाइ गर्ने संकेत देखिएको स्थानीय मिडियाले जनाएका छन्।  रिपोर्टका अनुसार सेफपासलाई अझै व्यापक बनाउने  प्रस्ताव  शुक्रबार बस्ने मन्त्रीपरिषदको बैठकमा लैजाने तयारी रहेको सीएन ले श्रोतलाई उधृत गर्दै समाचार रिपोर्ट प्रकाशन गरेको छ  ।

रिपोर्टका अनुसार २० जना भन्दा कम मान्छे जम्मा हुने साना व्यवसायमा पनि सेफ पास अनिवार्य गर्ने प्रस्ताव गरिएको छ।

अहिले लागु नियम मा मिनिमार्केट वा कियोस्क मा जान कुनै सेफपास चाहिंदैन। २० भन्दा कम  व्याक्ति  जम्मा हुने व्यवसायमा  अहिले सम्म सेफपास को नियम बाट बाहिर नै छन् तर  २० भन्दा धेरै जना जम्मा हुने ठुला व्यवसाय तथा मार्केटमा सेफपास अनिवार्य गरिएको छ।

अगस्ट १ देखि लागु हुने नयाँ ऐन अनुसार कोरोना विरुद्ध को खोप नलगाएका व्याक्तिको लागि  निशुल्क र्यापिड टेस्ट बन्द गरिदै छ।

सरकारका अनुसार अब २ लाख जना ले मात्र खोप लगाउन बाँकी छ।  भ्याक्सिन नलगाएका व्याक्तिको लागि  र्यापिड टेस्ट गर्न परे मेडिकल फार्मेसी मा १० युरो मा गर्न सकिने व्यवस्था मिलाएको छ।

संक्रमित को संख्या दैनिक ५०० भन्दा माथि रहनु, अस्पताल मा संक्रमित को भर्ना हुने को संख्या बढ्दै जानु जसमा ८५ % भन्दा धेरै खोप नलगाएका व्याक्ति हुनुले महामारी को अवस्था के छ भनि बुझ्न सकिन्छ।

यस्तो अवस्थामा  लकडाउनको बिकल्प खोप मात्र भएको ले जुन सुकै ब्याक्ति ले कोरोना बाट बच्न खोप लगाउनै पर्ने गरि सेफपासलाई कडाइ का साथ लागु गरिएको हो।

यो पनि पढ्नुहोस : ठगिनु होला है, मेनपावरबाट होइन सरकारी संयन्त्रमार्फत जान पाइने हो इज_राइल

के हो सेफ पास ?

कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट वा कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको  नेगेटिभ रिपोर्ट वा  गत ६ महिनामा कोरोना संक्रमित भएको प्रमाणलाइ सेफपास भनिएको हो।

साथै, युरोपियन युनियन ले जारी गरेको कोभिड सर्टिफिकेट  पनि सेफपास को रुपमा प्रयोग गर्न सकिन्छ।  टुरिस्टको हक मा भने साइप्रस आउदा अनिवार्य भर्नु पर्ने साइप्रस फ्लाइट पास ले पनि सेफपास को काम गर्ने बताइएको छ।

खोप लगाउन सरकारको आह्वान 

सरकारले गेसी मा दर्ता नभएका ब्याक्तिका लागि पनि वाक इन भ्याक्सिन सेन्टर खुल्ला गर्ने घोषणा गरेको छ। गेसी मा दर्ता नभएका व्याक्ति ले खोप लगाउन झन्झटिलो र लामो समय लाग्ने  सरकारी प्रक्रियालाई हटाउन वाक इन भ्याक्सिन सेन्टर खुल्ला गरेको हो।

अगस्ट ६ तारिख बाट हरेक शुक्रबार गेसी मा दर्ता नभएका ब्याक्तिका आफ्नो परिचय पत्र (ARC, passport, visa card) सहित भ्याक्सिन सेन्टर मा कुनै पनि अपोइन्तमेन्ट बिना सिधै गएर फाईजर् को खोप लिन सक्नेछन्।

सेफपास को विरोध 

सरकारले सेफपास लागु गरेको विरोध मा केहि दिन पहिले निकोसियामा ठुलो संख्यामा सर्वसाधारणले विरोध प्रदर्शन  गरेका थिए।  सो दिन साँझ प्रदर्शनकारीले सिग्मा मिडिया को अफिस तोडफोड गरि केहि कार मा आगजनी गरेको थियो।  आगजनी त तोडफोड गर्ने मध्य अधिकांसलाई प्रहरीले पक्राउ गरि सकेको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा कामदार अभाव, विधार्थीका लागि विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुल्यो

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

2 thoughts on “सेफपास बारे शुक्रबार नयाँ नियम आउने सक्ने, झन् कडाइ गर्ने संकेत

Comments are closed.