साइप्रस न्युज

इजरा*इलले फ़ाइजरको तेस्रो बुस्टर खोप लगाउने, साइप्रसले EU को स्वीकृति पर्खदै

शेयर गर्नुहोस्
२९ जुलाई २०२१/लिमासोल

इज*राइलले  आफ्ना देश का ६० वर्ष उमेर माथिका नागरिकलाई फ़ाइजर र बायोटेकको तेस्रो कोभिड-१९ बिरुद्ध खोप दिने घोसणा गरेको छ।  स्वास्थ्य मंत्रीका अनुसार आउँदो आइतबार बाट तेस्रो कोभिड-१९ बिरुद्धको बुस्टर  खोप लगाइने भएको हो। इज*राइलमा गत जुन महिना देखि डेल्टा भेरियन्ट  फैलीरहेको छ।

साइप्रसले कोभिड-१९ बिरुद्धको बुस्टर  खोप लगाउने बारे युरोपियन युनियन को स्वीकृति पाए पछि मात्र गर्ने बताएको छ।  ब्रसेल्स ले गर्ने निर्णय अनुसार चल्ने स्वास्थ्य मंत्रीले बताए।

यता, फाइजरको अनुसन्धान तथ्यांक अनुसार तेश्रो खुराक खोपले डेल्टा प्रजातिको कोरोना बिरुद्ध सुरक्षा दिने जनाएको छ । फ़ाइजर र बायोटेकको तेस्रो कोभिड-१९ बिरुद्ध खोपले दुई खुराक खोप भन्दा राम्रो काम गर्ने जुलाई २८ बुधबारका दिन सुझाव दिएको हो ।

उनीहरुको तथ्यांकले डेल्टा भेरियन्ट(प्रजाति )लाई लक्षित गर्न सक्ने रोग प्रतिरोधक क्षमता (एन्टिबडी)हरूको स्तर १८ देखि ५५ बर्ष सम्मका मानिसहरुले खोपको तेस्रो खुराक लगाएमा पाँच गुणा बढ्ने सुझाव दिएको छ ।

यसै गरि ६५ देखि ८५ बर्ष सम्म उमेरका मानिसहरुमा दोस्रो खुराक लगाएको छ भने तेश्रो खोप लगाएमा ११ गुणा बढी संरक्षित हुने जनाएको छ । २३ जना व्यक्तिको परीक्षण गरिएको भनिएता पनि त्यसको समीक्षा वा सूचना प्रकाशित गरिएको छैन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडीसी )ले हालका खोपहरूले सबै सामान्य प्रकारका कोरॉन बिरूद्ध सुरक्षा गर्दछ भनेकोछ।

बुधवार बिहान फाइजरका लागि विश्वव्यापी अनुसन्धान, विकास र चिकित्साको नेतृत्व गर्ने डा मिकाएल डोल्स्टनले खोपको तेस्रो खुराकको नयाँ तथ्यांकलाई “प्रोत्साहनजनक” भने।

यो पनि पढ्नुहोस् : अब सबैका लागि walk in vaccine center खुला, खोप लगाउन निकै सजिलो हुने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “इजरा*इलले फ़ाइजरको तेस्रो बुस्टर खोप लगाउने, साइप्रसले EU को स्वीकृति पर्खदै

Comments are closed.