साइप्रस न्युज

खोप बढ्दो, कोरोना घट्दो, आज ४ जनाको मृत्यु, ६५५ मा कोरोना पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ
२९ जुलाई २०२१/लिमासोल

साइप्रसमा कोरोना विरुद्धको खोप अभियान तीव्र पारिएको छ जसको नतिजामा  कोरोना को संक्रमण घट्दै गएको केहि दिन को आंकडाले देखाएको छ।

स्वास्थ्य मन्त्रालयले आज बिहिबार दिएको जानकारी अनुसार ४ जनाको मृत्यु भएको छ भने ६५५ जनामा कोरोना संक्रमण भएको पुस्टि भएको छ।

यो संगै पोजेटिभिटि रेट ०.९६  प्रतिशत भएको छ।

अहिले हस्पिटल मा २८३ जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन्। यी मध्य  ८८.३ % बिरामी ले कोरोना को खोप लगाएका छैनन्।

यी बिरामी मध्य ८३ जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारी सुरु भए देखि हाल सम्म १,००,७८४   जनामा कोरोना संक्रमण भै सकेको छ।

यो समाचार पनि पढ्नुहोस् : शुक्रबार यी स्थान मा हुदैछ निशुल्क कोरोना टेस्ट 

कन्ट्याक्ट ट्रेसिंगमा परेका ५००  जना मध्य ६६   जना , पापोस र लार्नाका एयरपोर्ट बाट २८०१ जना मध्य ८  जना, व्यक्तिगत रुपमा चेक गराउने ३८४७ जना मध्य ११९ जना,  व्याक्तिगत डाक्टर को सिफारिस बाट छेक गराउदा एक जना र  १९७ मध्य १३ जना जनस्वास्थ्य ल्याबबाट कोभिड पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका १८३६  जना मध्य २८  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ५८९७१  मध्य  ४२०   जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत ४२०   बिरामी फेला परेका मध्य निकोसियामा ११६  जना, लार्नकामा ६९  जना, लिमासोलामा ११८   जना, पापोसमा ५९  जना , फामागुस्तामा ५३    जनामा संक्रमण पुष्टी भएको हो।

जिल्ला अनुसार धेरै संक्रमण लिमासोलामा रहेको देखिएको छ।

संक्रमण बढे संगै खोप लगाउन जाने को संख्या पनि बढेको छ तर हस्पिटल भर्ना हुने ८८  % बिरामी खोप नलगायका बिरामी हुन्।

अहिले सम्म 528,889 जनाले पहिलो डोज को खोप लगाई सकेका छन् भने 446,017 जनाले दोस्रो डोज को खोप लगाई सकेका छन्। आज सम्म देश भरमा 974,906 ले खोप लगाई सकेका छन्।   अब २ लाख जनसंख्या लाई खोप लगाउन बाकि रहेको बताइएको छ।

वाक इन भ्याक्सिन सेन्टर ले १४ दिन मा आठ हजार लाई खोप लगाई सकेको छ।  वाक इन भ्याक्सिन सेन्टर गेसी मा दर्ता नहुने को लागि पनि आगमी अगस्ट ६ तारिख देखि हरेक शुक्रबार खुल्ला हुनेछ।

यो पनि पढ्नुहोस् : सेफपास बारे शुक्रबार नयाँ नियम आउने सक्ने, झन् कडाइ गर्ने संकेत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।