देश विदेश

इजरेइल रोजगारी : अनलाइन आवेदन दिन समस्या भयो ? यसरी भर्नुहोस् फारम

शेयर गर्नुहोस्

इजरेल रोजगारीका लागि सजिलै कसरी आवेदन दिने ?

इजरेल को दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् ।

सरकारी तवर बाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ । कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझाउन पर्छ । इजरेल ले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने छ ।

आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् :

जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषहरूका लागि आवेदन खुला गरिएको छ । इजरेल रोजगारीको लागि आवेदन दिनेहरूका लागि विभागले विभिन्न मापदण्डहरू तोकेको छ । निवेदन दिन इच्छुक व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरेल को स्थानीय भाषा अनिवार्य छैन ।

आवेदन दिन दुई तरिका अपनाउन सकिन्छ 

फारम भर्ने तरिका जान्न यहाँ क्लिक गर्नुहोस् :

पहिलो : विभागको वेबसाइट dofe.gov.np यो विभागको वेबसाइट हो । यो खेलेपछि नयाँ समाचार भन्ने शीर्षक देखिन्छ । त्यहाँ नै इजरेल रोजगारीको लागि भनेर एउटा सूचना छ । त्यहाँ क्लिक गर्‍यो भने त्यहीबाट नै आवेदन दिने ठाउँमा पुगिन्छ । त्यसको नाम https://ferms.dofe.gov.np/israel/login हो । यसमा सिधै जाँदा पनि हुन्छ । अथवा विभागको वेबसाइटबाट सिधै जाँदा पनि हुन्छ । यसरी आवेदन दिने ठाउँमा तपाईँहरू पुग्न सक्नुहुन्छ ।

साइट खुलिसकेपछि आवेदन कसरी भर्ने ? के कस्ता कागजात चाहिन्छ, के कस्ता कुराहरू ध्यान दिनुपर्छ ?

आवेदन दिँदा जम्मा पाँच वटा सेक्सन छन् । एउटा व्यक्तिगत जानकारी(पर्सनल डिटेल)  जहाँ आफ्नो व्यक्तिगत जानकारीहरू राख्नुपर्छ । त्यसपछि आफूले अध्ययन गरेको शिक्षाको जानकारी राख्नपर्छ । अनि चाहिँ तालिमको जानकारी र फोटो, पासपोर्ट र नागरिकता अपलोड गर्ने ठाउँ पनि छ ।

पाठ्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् :

अर्को भनेको प्रि भ्यू हो । तपाईँले भर्नुभएको हरेक सेक्सनको प्रि भ्यू  हेर्न मिल्छ । त्यसमा इडिटको विकल्प पनि छ । यदि यसअघि भरिएका केही विवरण सच्याउन परेको छ भने तपाईँले त्यहाँ क्लिक गरेर गलत भएका कुनै पनि कुरालाई सच्चाउन सक्नुहुन्छ । यति गरिसकेपछि तपाईँ पुग्नुहुन्छ ‘सेल्फ डिक्लेरेसन’मा । यसको अर्थ के हो भने  मैले यहाँ तोकिएका सबै कुरामा राजी छु भनेपछि फारम सबमिट हुन्छ ।

पासपोर्ट भ्यालिडिटी कतिको हुनुपर्छ ?

नेपाल सरकार र इजरेल सरकारबीच भएको जुन सम्झौता छ त्यसमा श्रम स्वीकृति जुन बेला दिन्छौँ, त्यो बेला पासपोर्टको म्याद तीन वर्षको हुनुपर्छ भनेर भनिएको छ । यो अनिवार्य हो ।

तर आवेदन दिने बेला हामीले के सुविधा दियौँ भने कम्तीमा ६ महिना पासपोर्टको म्याद छ भने आवेदन दिन मिल्छ । हामी के बुझ्न पर्‍यो भने सिस्टममा छिर्नका लागि रजिस्ट्रेसन अनिवार्य छ । अर्थात् तपाईँले आफ्नो पासपोर्ट नम्बर, आफ्नो सेक्युरिटीको नम्बर के राख्ने, माेबाइल नम्बर र इमेल राख्नुपर्छ । यदि यी कुरा सबै सही छ भने बल्ल लगअन हुन्छ ।

यति लगअन भइसकेपछि मात्रै बल्ल तपाईँ सिस्टममा जानुहुन्छ । सिस्टममा लगअनको लागि यूजर आइडी भनेको तपाईँको पासपोर्ट नम्बर राख्न पर्‍यो । पासपोर्टमा जे उहाँले सिस्टममा सेभ गर्नुभएको छ त्यो राख्न पर्‍यो । त्यति गरेर स्टिम भित्र छिरेपछि त्यसमा विभिन्न कुराहरू आउँछन् ।

जस्तै पहिले इजरेल मा काम गर्नुभएको छ कि छैन ? छ या छैन भन्ने विकल्प आउँछ । त्यसमा छ भने तपाईँलाई सिस्टमले अघि बढ्न दिँदैन । यदि छैन भने मात्रै तपाईँलाई अघि बढ्न दिन्छ । त्यस्तै तपाईँका आफन्त(बुवा आमा, दाजुभाइ आदी) कोही इजरेल मा छ कि छैन त्यो पनि आउँछ त्यसमा पनि नो भयो भने मात्र अघि बढ्न दिन्छ ।

अब बाँकी कुरा भनेको तपाईँले त्यहाँ पासपोर्ट र जन्म मिति हालेर सर्च गर्नासाथ सबै तपाईँको विवरणहरू आउँछ । अर्थात् विभागको सिस्टम राहदानी विभागसँग पनि जोडिएको हुनाले स्वतः त्यहाँ विवरणहरू आउँछ । राहदानी विभागमा भएको विवरण आफैँ आउँछ । जस्तै नाम, उमेर, लिङ्ग लगायतका कुराहरू ।

नेपालीमा आफ्नो नाम के हो भनेर चाहिँ भर्न पर्छ । त्यहाँ मागिएको कुरा सबै अनिवार्य होइन । जस्तो राष्ट्रिय परिचय पत्र आफूसँग छ भने नम्बर राख्ने हो छैन भने पर्दैन । त्यो बिना पनि फारम भर्न पाइन्छ ।

अर्को भनेको  प्यान नम्बर । यो पनि छ भने मात्रै भर्ने हो । अर्थात् रातो टिक भएको कुराहरू चाहिँ अनिवार्य हो । जुनमा रातो टिक छैन ती कुराहरू छन् भने मात्र भर्ने हो छैन भने नभर्दा पनि हुन्छ । त्यो अनिवार्य होइन ।

फारम भर्दा गल्ती भयो भने फेरि भर्न मिल्छ कि मिल्दैन ? 

जबसम्म सबमिट हुँदैन तबसम्म सिस्टममा भरिएका सबै कुराहरू सेभ भएर बसेका हुन्छन् । जस्तै मैले व्यक्तिगत जानकारी भरेँ । तर मैले शैक्षिक योग्यताको कागजात स्क्यान गरेको छैन भने सिस्टमबाट लगआउट भएँ भने फेरि पुन : लगअन गर्दा यसअघि भरेको विवरण सेभ भइरहेको हुन्छ ।

तपाईँले पुनः लगअन गरेर बाँकी कागजात र विवरण भर्न सक्नुहुन्छ । यो सुविधा हरेक चरणमा हुन्छ । फाइनल गरेर सबमिट नगर्दासम्म सबै विवरणहरू हुन्छन् । त्यस कारण हतारिएर भर्न आवश्यक छैन । बिस्तारै सबै प्रक्रिया पूरा गरेर मात्र भर्नुपर्छ ।

ध्यान दिनुपर्ने कुराहरू

१. इजरेल रोजगारीको लागि वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत सजिलै भर्न सकिन्छ । विभागको वेबसाइटमार्फत आवेदन दिने लिङ्कमा पुग्न सकिन्छ । या सिधै आवेदन दिने लिङ्क मै क्लिक गर्दा पनि हुन्छ ।

२. आफ्नो नाम र सही मोबाइल नम्बर राखेर रजिस्टर्ड गर्ने ।

३. सिस्टममा गएर पासपोर्ट नम्बर र जन्म मिति सही राख्ने ।

४. आवेदकको पासपोर्टको म्याद कम्तीमा पनि ६ महिनाको हुन पर्छ ।

५. हाइट र तौल मिलेको हुनु पर्‍यो । नत्र आवेदन सबमिट नहुन सक्छ । अर्थात् इजरेल जानको लागि विभागले तोकेको मापदण्डहरु आफूले पुरा गरेको हुुनुपर्‍यो । योग्य हुन पर्‍यो ।

६. एसएलसी वा एसईई गरेको मानिसले अनमी वा सीएमए गरेको हुनपर्‍यो । तपाईँहरुले अनमी र सीएमएको नहाल्ने तर केयर गिभिङको हाल्नुभयो भने त्यो पाइँदैन । यसमा झुक्किन भएन । शैक्षिक योग्यता एसएलसी वा एसईई गरेकाले अनमी वा सीएमए गरेको हुनपर्छ । प्लस्टु गरेको हुनुुहन्छ भने तपाईँले केयर गिभिङको तालिम लिएको हुन पर्‍यो । यसलाई सिस्टमले नै नियन्त्रण गरेको हुन्छ । त्यस कारण सही कागजात अपलोड गर्नुपर्छ ।

७. आफूले भरेका विवरण र राखेका कागजातको जाँच गरेर मात्र सबमिट गर्नुहोस् ।

८. फारम भर्ने क्रममा त्यहाँ राखिएको सूचना पढ्नुहोस् । ताकी फारममा गलत नहोस् ।

फारम कसरी भर्ने भनेर हामीले सूचना राखिदिएका छौँ । फारम भर्नुअघि त्यो पनि हेर्नुपर्छ । यति गर्दा पनि फारम भर्न कुनै समस्या भएमा या जानकारी चाहिएमा सम्पर्क गर्न पनि सकिन्छ । ११४१ नम्बरमा एनटिसीकाे नम्बरबाट निःशुल्क फोन गर्दा हुन्छ । एनसेल नम्बर चलाउनुहुन्छ भने भने ९८०१८०००१३ मा फोन गर्न सकिन्छ । यो नम्बरमा प्रक्रिया नबुझेमा सम्पर्क गर्न सकिन्छ ।

दोस्रो :

लगअन गर्ने ठाउँमा पनि सपोर्ट भनेर विकल्प राखिएको छ । त्यहाँ क्लिक गर्नुभयो भने त्यहाँ यी सम्पर्क नम्बरहरू पनि उपलब्ध छन् । यसका साथै त्यहाँ आफूलाई परेको समस्या, इमेल ठेगाना, फोन नम्बरसहित राख्नुहोस् ।

आफूलाई परेको समस्याको स्क्रिन सट पनि राखिदिनुभयो भने त्यहाँ भएको समस्या के हो र के गरेर मिलाउन सकिन्छ भनेर तत्कालै त्यसमा भएको गल्तीलाई सच्याउन सक्छौँ । यो चाहिँ सिस्टममा भएको समस्यामा मात्रै हो ।

यो पनि पढ्नुहोस् :

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “इजरेइल रोजगारी : अनलाइन आवेदन दिन समस्या भयो ? यसरी भर्नुहोस् फारम

Comments are closed.