साइप्रस न्युज

साइप्रस भर प्रचण्ड गर्मी, भोलि सोमबार Orange weather warning जारी

शेयर गर्नुहोस्

समिम मियाँ

१ अगस्ट २०२१/लिमासोल

साइप्रसमा पनि केहि दिन देखि गर्मि अत्यन्तै बढेको छ।। साइप्रस मौसम विभागका अनुसार तापक्रम अझै बढ्ने  पुर्वानुमान गर्दै  सतर्कता अपनाउन  भनेको छ।  मौसम विभागले तापक्रम अनुसार सतर्कता संकेत एल्लो,ओरेन्ज, रेड गरि वर्गीकरण गरेको छ। ३ दिन सम्म लगातार तापक्रम उच्च रही रहे त्यसलाई ‘हिट वेभ ‘ भन्ने गरिएको छ।

आइतबार पनि तापक्रम उच्च रहेको थियो। आइतबार दिउँसो निकोसिया को तापक्रम ४२ डिग्री सेल्सियस पुगेको थियो।  मौसम विभाग अनुसार  यो हप्ता भर तापक्रम ४१ डिग्री सेल्सियस भन्दा माथी नै रहने पूर्वानुमान गरेको छ।

मौसम विभागले  हिट वेभ जारी रहने बताउदै आज राति  १ बजे देखि सोमबार  बेलुकी ५ बजे सम्म को लागि ओरेन्ज सतर्कता संकेत जारी गरेको छ। सोमबार तापक्रम ४२  डिग्री सेल्सियस सम्म  र  पहाडी इलाकामा ३५ डिग्री सेल्सियस  सम्म पुग्ने अनुमान छ।

समुन्द्र तटीय इलाकामा भने तापक्रम ३७  डिग्री सेल्सियस पुग्ने अनुमान छ।

विभागका अनुसार राति र बिहान पाख  मौसम अलि शितल हुने अनुमान छ

प्रचण्ड गर्मीका कारण आगलागी हुन सक्ने अनुमान गर्दै बन विभाग ले रेड अलर्ट जारी गरेको छ। जुनसुकै बेला जहाँ पनि आगलागी हुन सक्ने भएकाले दमकल, अग्नि नियन्त्रक हवाईजहाज र हेलिकप्टर पनि तयारि अवस्थामा बसेका छन्।

गर्मीमा शरीरलाई शितल राख्न के-के खाँदा राम्रो हुन्छ ?

यो पनि पढ्नुहोस् : इजरेइल रोजगारी : अनलाइन आवेदन दिन समस्या भयो ? यसरी भर्नुहोस् फारम

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।