साइप्रस न्युज

साइप्रसमा अब जहाँ पनि सेफपास, सोमबार बाट १२ वर्ष माथिलाई खोप लगाइने

शेयर गर्नुहोस्
समिम मियाँ
१ अगस्ट २०२१ / लिमासोल

साइप्रस बाल चिकित्सा समाज र  कोरोनाभाइरस सम्बन्धी विज्ञहरुको सल्लाहकार समितिको सिफारिस अनुसार १२ वर्ष र सो भन्दा माथिका सबैलाई  कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ।

अगस्ट २ तारिख  देखि कोरोना विरुद्दको खोप लगाउन सुरु गरिने स्वास्थ्य मंत्री मिखालिस हाड्जिपेंतालास ले बताउनु भयो।

शुक्रबार मन्त्रिपरिषदको बैठक पछी दिएको बयानमा मंत्री हाड्जिपेंतालासले भ्याक्सिन लगाउनु स्वैच्छिक भएकोले अभिभावकको सहमति आवस्यक पर्ने बताउनु भएको हो।

फ्रान्स, जर्मनी, इटाली, लिथुनिया र ग्रीस साथै युरोपियन युनियनका थुप्रै देशहरुले आज बाट १२ देखि १५ वर्ष उमेरकालाई खोप लगाउन सुरु भएकोले यसले नागरिक को थप सुरक्षामा मदद पुर्याउने बताउनु भयो।

कोरोना संक्रमण रोक्न सरकारले केहि कडा पारेको छ भने  सेफपास सम्बन्धी ऐनमा केहि संसोधन गर्दै आगामी ३१ अगस्ट सम्म नियमलाई लम्ब्याइएको छ।

संसोधित ऐनमामा बिजनेश, व्यवसाय, कम्पनीमा स्टाफ सहित १० जना भन्दा बढी जम्मा हुने अवस्था आएमा सेफपास अनिवार्य हुने व्यवस्था गरिएको छ।  साथै सरकारी तथा प्राइभेट हस्पिटलमा भर्ना हुने बिरामी, कुरुवा, स्टाफ लाई पनि  सेफपास अनिवार्य गरिएको हो।

त्यस्तै, जहाँ सुकै जाँदा भ्याकसिन लगाएको सर्टिफिकेट वा कोरोना बाट संक्रमित भै निको भएको ६ महिना  पुगेको देखाउने कागजात वा १२ वर्ष माथिका सबै व्याक्ति ले ७२ घन्टा नाबितेको कोरोना टेस्ट को नेगेटिभ रिपोर्ट र नर्सिङ्ग होमका स्टाफ र भेटघाट गर्न आउने व्याक्ति ले पनि अनिवार्य रुपमा सेफपास को प्रमाण देखाउनु पर्ने  बताइएको छ।

भ्याकसिन लगाएको सर्टिफिकेट भएका वा कोरोना बाट संक्रमित भै निको भएको ६ महिना  पुगेको देखाउने कागजात भएका व्याक्ति बाहेक  पीआर नभएका व्याक्ति साइप्रस आउँदा, देश प्रवेश गरेको ७ औ दिन मा पिसिआर वा र्यापिड टेस्ट गर्नै पर्ने भएको छ।

साइप्रस प्रवेश गर्ने पीआर नभएका व्याक्तिले आगमन को ७ दिन सम्म फ्लाइट पासलाई सेफपास को रुपमा प्रयोग गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंत्री परिषद को बैठकले  कोरोना टेस्ट गर्न १० युरो लाग्ने बताएको भए पनि कोरोना बाट संक्रमित भै निको भएको १८० दिन  पुगेको कागजात देखाउदा भने शुल्क नलाग्ने बताइएको छ।

यो पनि पढ्नुहोस् : गर्मीमा शरीरलाई शितल राख्न के-के खाँदा राम्रो हुन्छ ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।