साइप्रस न्युज

अगस्ट १ देखि नि:शुल्क र्यापिड टेस्ट गर्न कसले गर्न पाउँछन् ? कति शुल्क लाग्छ ?

शेयर गर्नुहोस्
समिम मियाँ
२ अगस्ट २०२१ / लिमासोल

सरकारले गत वर्ष देखि नि:शुल्क गर्दै आएको कोरोना भाइरसको र्यापिड परिक्षणलाई शुल्क लाग्ने  निर्णय गरेको छ। गत महिना बसेको मंत्रीपरिषदको बैठक ले अगस्ट १ देखि विशेष अवस्था बाहेकका सबैको परिक्षणमा पैसा लाग्ने निर्णय गरेको थियो।

कोरोना को संक्रमण बढ्दै गएको अवस्थामा  अस्पताल भर्ना हुने ९० प्रतिशत विरामीले कोरोना भ्याक्सिन नलगाएको पाईएको थियो। र्यापिड टेस्ट मा सरकारले २ करोड साठी लाख युरो ( नेपाली साढे तिन अर्ब रुपैया भन्दा बढी  ) खर्च भएको बताउदै अब र्यापिड टेस्टमा लाग्ने बजेट  हस्पिटलमा लगाइने बताइएको छ।

र्यापिड टेस्ट बाहेक संक्रमितको पहिचान गर्न साथै कन्ट्याक्ट ट्रेसिङ्ग मा परेका व्याक्ति पहिचान गरि संक्रमण कम गराउन पनि अलग खर्च भएको स्वास्थ्य मन्त्रालयले बताएको हो।

यो निर्णय संगै अब देखि र्यापिड टेस्ट गर्न १० युरो लाग्नेछ, १० युरो मा हस्पिटल तथा फार्मेसी मा पनि र्यापिड टेस्ट गर्न सकिने बताइएको छ।

देश भरिमा कम्तिमा एक डोज भ्याक्सिन लगाएका व्याक्तिको संख्या 980,404 पुगिसकेको छ भने करिब २ लाख ले खोप लगाउन बाकि छ।

यता, कोरोना संक्रमण रोक्न सरकारले सेफपास नियम  कडा पारेको छ भने  सेफपास सम्बन्धी ऐनमा केहि संसोधन गर्दै आगामी ३१ अगस्ट सम्म नियमलाई लम्ब्याइएको छ।

संसोधित ऐनमामा बिजनेश, व्यवसाय, कम्पनीमा स्टाफ सहित १० जना भन्दा बढी जम्मा हुने अवस्था आएमा सेफपास अनिवार्य हुने व्यवस्था गरिएको छ।  साथै सरकारी तथा प्राइभेट हस्पिटलमा भर्ना हुने बिरामी, कुरुवा, स्टाफ लाई पनि  सेफपास अनिवार्य गरिएको हो।

त्यस्तै, जहाँ सुकै जाँदा भ्याकसिन लगाएको सर्टिफिकेट वा कोरोना बाट संक्रमित भै निको भएको ६ महिना  पुगेको देखाउने कागजात वा १२ वर्ष माथिका सबै व्याक्ति ले ७२ घन्टा नाबितेको कोरोना टेस्ट को नेगेटिभ रिपोर्ट र नर्सिङ्ग होमका स्टाफ र भेटघाट गर्न आउने व्याक्ति ले पनि अनिवार्य रुपमा सेफपास को प्रमाण देखाउनु पर्ने  बताइएको छ।

भ्याकसिन लगाएको सर्टिफिकेट भएका वा कोरोना बाट संक्रमित भै निको भएको ६ महिना  पुगेको देखाउने कागजात भएका व्याक्ति बाहेक  पीआर नभएका व्याक्ति साइप्रस आउँदा, देश प्रवेश गरेको ७ औ दिन मा पिसिआर वा र्यापिड टेस्ट गर्नै पर्ने भएको छ।

साइप्रस प्रवेश गर्ने पीआर नभएका व्याक्तिले आगमन को ७ दिन सम्म फ्लाइट पासलाई सेफपास को रुपमा प्रयोग गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कसले नि:शुल्क र्यापिड टेस्ट गर्न पाउछन् त ?

१२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने मंत्रीपरिषदको बैठकले निर्णय गरेको छ साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन।

तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले  भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउइनेछ।

यो समाचार पनि पढ्नुहोस् : फ़ाइजरको दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्ने फ़ाइजर को भनाइ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।