कोरोना

जर्मनीले बुस्टर डोज’ भनिएको तेस्रो डोज लगाउने निर्णय

शेयर गर्नुहोस्

जमर्नीको स्वास्थ्य मन्त्रालयले आगामी  सेप्टेम्बर महिना देखि कोभिड १९ विरुद्धको खोपको तेस्रो डोज लगाउने निर्णय गरेकाे छ । डेल्टा भेरिअन्टको संक्रमण बढे सँगै ‘बुस्टर डोज’ भनिएको तेस्रो डोज लगाउने तयारी जमर्नीको स्वास्थ्य मन्त्रालयले गरेको हो ।

स्वास्थ्य मन्त्री जेन्स स्पान र १६ वटा क्षेत्रिय मन्त्रीहरु बीच सोमबार भएको छलफलपछि प्रतिरक्षा प्रणाली कमजोर भएका, खोपको प्रभावकारीता घटिरहेका र ईच्छुक व्याक्तिहरुलाई तेस्रो डोज खोप लगाउने निश्कर्षमा जमर्नी पुगेको हो ।

जमर्नीले फाइजर र मार्डनाको खोपलाई बुस्टर डोजका रुपमा लगाउने भएको हो । एस्ट्राजेनेका वा जे एन्ड जेको दुवै र एक डोज खोप लगाएकाहरुलाई समेत फाइजर या मोडर्नाको बुस्टर डोज लगाउन मिल्ने छ ।

जे एन्ड जे खाेप लगाएकाहरूकाे हकमा भने बुस्टर डाेज दाेस्राे मात्रा हुने छ भने, बाँकी खाेपकाे हकमा तेस्राे डाेज हुनेछ ।

यस्तै जमर्नीले १२ वर्षभन्दा माथि उमेरसमुहका बालबालिकाहरुलाई समेत खोप उपलब्ध गराउने तयारी गरेको छ ।

यसअघि इजरेलले पनि आफ्ना नागरिकहरुलाई बुस्टर डोज खोप लगाउनेबारे तयारी एवं छलफल गरेको थियो ।

यो पनि पढ्नुहोस् : फ़ाइजरको दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्ने फ़ाइजर को भनाइ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।