महत्वपूर्ण जानकारी

नेपाल इन्भेस्टमेन्ट बैंक मा यसरी खोल्नुस खाता step by step

शेयर गर्नुहोस्

समिम मियाँ

साइप्रस बाट  तपाइँलाई यो बैंक मा खाता खोल्न यी कागजात को जरुरि हुन्छ।  त्यसैले यी कागजात र जानकारी जम्मा गरेर मात्र खाता खोल्ने प्रोसेस सुरु गर्नु होला। पहिला पुरा प्रोसेस पढ्नुहोस्

१.  Email address २. पासपोर्ट साइज को फोटो ३. तपाइँ को पासपोर्ट को फोटो ४. नेपाल को स्थायी ठेगाना ५. साइप्रस को पुरा ठेगाना ६ साइप्रस को मोबाइल नम्बर ७. तपाइँ को बुबा, आमा, हजुर बुबा, को नाम ८. हकवालाको फोटो ९. हकवालाको पासपोर्ट वा नागरिकता को पुरा जानकारी हक वालाको तपाइँ संग को नाता, जन्ममिति, सम्पर्क नम्बर

यदि तपाइँ ले खाता खोल्न जान्नु भएन वा खाता खोल्न मदद चाहिएमा 009779824135245  मा भाइबर, इमो  call / message  गर्न सक्नु हुनेछ। फेसबुक मेसेन्जर मा मलाइ यहाँ क्लिक गरि  सम्पर्क गर्न सक्नु हुनेछ। 

खाता खोल्ने तरिका 

माछापुछ्रे बैंक मा खाता खोल्न गूगल मा गएर पहिला नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड लेखेर सर्च गर्नुहोस्।  वा यहाँ क्लिक गरि सिधै नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड को वेबसाइट मा जानुहोस्।


NIBL ONLINE SAVING ACCOUNT  खोल्न ONLINE APPLICATION को प्रोसेस सुरु गर्न अब हामि तयार छौ।

Applying From Inside Nepal, Applying From outside Nepal वा  NRN मध्य Applying From outside Nepal मा क्लिक  गर्नुहोस्।

Salutation मा Mr., Mrs., M/s., Miss र Minor के हो त्यो रोज्नुहोस।  पुरुष को लागि MR, विवाहित महिलाको लागि MRS, अविवाहित महिलाको लागि Miss , विवाहित हो कि अविवाहित हो कन्फ्युज भए M/s प्रयोग गर्न सकिन्छ।  १८ वर्ष मुनिका बच्चा भए Minor रोज्न सकिन्छ। तपाई पुरुष भए   Mr. र महिला भए Mrs. मध्य एक मा टिक लगाउनु होस्।।।

अब  नागरिकता मा भएको  जस्तै आफ्नो First Name* , Middle Name र  Last Name* लेख्नुस्। जस्तै, ram bahadur gurung नाम हो भने First Name मा Ram लेख्ने, Middle Name मा bahadur  र Last Name मा थर लेख्ननु होला।  

Gender* मा पुरुस भए Male,   महिला भए Female र अन्य भए other  अप्सन रोज्नुहोस।  Mobile Number* मा साइप्रस को नम्बर 00 सहित लेख्नुहोस।  Email Address* मा आफ्नो इमेल भर्नुहोस्।

Date of Birth (BS)* मा आफ्नो जन्म मिति  बिक्रम सम्वत मा लेख्नुस Date of Birth (AD)* मा आफ्नो जन्म मिति अंग्रेजी सम्वत मा लेख्नुस। 

अब preferred Branch* मा कुन ब्रान्च मा खाता खोल्ने हो त्यो छनोट गर्नुस्। 

Account Type मा NIBL ONLINE SAVING ACCOUNT रोज्नुहोस। अब देखिएको कोड नम्बर लेख्नुहोस् र Save गरि अघि बढ्नुहोस्।

अब बैंकले तपाइँ लाइ इमेल पठाउने छ , इमेल चेक गर्नुहोस्। बैंक ले पठाएको इमेल मा दिएको लिंक मा क्लिक गरेर अब बाँकी प्रोसेस सुरु गरौ।

अब DETAIL INFORMATION मा,

अब Permanent Address मा तपाइँ को पासपोर्ट मा भएको नेपालको  स्थायी ठेगाना भर्नुहोस्।  province (प्रदेश), District(जिल्ला ), Local Body(महानगरपालिका नगरपालिका/गाउँपालिका) र वार्ड नम्बर भर्नुहोस्।

अब  present Address मा Same As Permanent Address  गर्न पनि सकिन्छ भने हाल नेपाल मा तपाई को घर को ठेगाना भर्नुहोस्
Applying Country मा Cyprus छनोट गरेरCorrespondence Address मा तपाई को पिङ्क कार्डको पछाडी मा भएको एम्प्लोयर को पुरा ठेगाना लेख्नुहोस।

अब Google Map Location मा  तपाइँ ले आफ्नो नेपाल को घर को लोकेसन म्याप मा देखाउनु पर्छ।

त्यसपछि तपाइँ को धर्म, वैवाहिक अवस्था, राष्ट्रियता लेखेर Family Details मा तपाई ले आफ्नो परिवार को ३ पुस्ता को जानकारी लेख्नु पर्छ। Are you or any of your family members politically exposed person? केहि नगर्नुहोला।  साथै Have Nominee? मा क्लिक गर्नुस्।

अब Nominee Information मा हकवाला को पुरा जानकारी लेख्नु पर्छ। हक वालाको पुरा नाम, तपाइँ संग को नाता , बाबुको नाम, जन्ममिति, सम्पर्क नम्बर, नागरिकता नम्बर, नागरिकता जारी मिति, जारी भएको जिल्ला, स्थायी र अस्थाई ठेगाना र सम्बन्धित को ठेगाना  अनिवार्य राख्नु पर्छ।

अब तपाइँ को Professional Information राख्नु पर्छ।  Occupation (पेशा) मा other छान्नुहोस् र Other Occupation * मा Foreign Employment (बैदेशिक रोजगार) लेख्नुहोस्।  

अब तपाइँ को Qualification * यानी शैक्षिक योग्यता के हो त्यो रोज्नुहोस। त्यसपछि Nature of business मा Service रोज्नुहोस। 

अब Annual Income यानी वार्षिक आम्दानी कति हो नेपाली रुपैयामा त्यो उल्लेख गर्नुहोस। साथै  Est.Amt.Annual Account transaction* मा वार्षिक कती रकम कारोबार गर्ने अनुमान छ त्यो लेख्नुहोस्। साथै कती पटक कारोबार गर्ने अनुमान छ त्यो छानुहोस। 

A/C With Other Bank or Financial Instutution? :  मा अन्य बैंक मा पनि खाता छ भने  बैक को नाम , ब्रान्च  कुन  हो त्यो लेख्नुस।  यो लेख्न जरुरि त् छैन।

अब Service Request मा अब कुन कुन सेवा लिने हो त्यो बारे छनोट गर्नु पर्छ। Ebanking,Mobile Banking Alert,Debit Card,Account Statement मध्य Ebanking र Account Statement मा ठिक लगाउनु होस्।

Statement Frequency मा monthly छान्नुहोस्।

अब Details Of Next Kin/Local Contact मा आफ्नो परिवार को  सम्पर्कको  जानकारी भरे मा राम्रो नत्र भर्न अनिवार्य छैन।

Declaration of Convicted / Non Convicted for any crime in past? मा बितेको समयमा तपाइँ कुनै अपराध गर्नु भएको छ भने ठिक लगाउनुहोस नत्र छोड्दिनुहोस।

अब तपाइँ को Document Information  हरु भर्नु पर्छ , Document Type  मा पासपोर्ट रोज्नुहोस र पासपोर्ट को नम्बर, जारी मिति , सकिने मिति हाल्नु पर्छ।

अब तपाइँ को पासपोर्ट साइज को फोटो , पासपोर्ट को अगाडी को फोटो र पछाडी को फोटो लाई अपलोड गर्नु पर्छ त्यसपछि I agree after reading all the Terms And Conditions र * I hereby declare that I don’t have any other same scheme account in Nepal Investment Bank Limited. मा ठिक लगाएर save मा क्लिक गर्नुपर्छ।

बधाई छ तपाइँ लाई

तपाइँ को निदेवन सफलता पुर्वक बैंक मा पठाईएको छ। अब तपाइँ लाइ एउटा इमेल आउँने छ।

केहि  दिन मा तपाइँ लाइ बैंक को तर्फ बाट इमेल आउने छ।  जसमा तपाइँ को एकाउन्ट नम्बर  हुन्छ।

एकाउन्ट नम्बर पाए पछि अब तपाइँ ले जति बेला पनि आफ्नो खातामा पैसा पठाउन सक्नु हुनेछ।  साइप्रस बाट एकाउन्ट मा पठाएको पैसा १२ देखि ४८ घण्टा भित्र तपाइँ को खाता मा जम्मा हुन्छ। तपाइँ को खातामा पैसा जम्मा हुना साथ तपाइँ को इमेल मा म्यासेज आउनेछ। कहाँ बाट  कति पैसा डिपोजिट भयो भनेर। internet banking बाट  पैसा कति जम्मा भयो भनेर हेर्न को लागि एउटा अनालाइन फारम भरेर इमेल गर्नु पर्छ। फारम डाउन्लोड गर्न यहाँ क्लिक गर्नु होस्

अनलाइन मार्फत खोलिएका खाताको हकमा  यी सर्तहरु मान्नु पर्ने हुन्छ।

खातावालाले सक्कल कागजपत्रसहित बैंकमा स्वयम् उपस्थित भई खाता सक्रिय गरेपश्चात मात्र खाताबाट रकम झिक्न/भुक्तानी लिन सक्नेछ । खाता सक्रिय नभएसम्म खातामा जम्मा गर्न सकिने अधिकतम रकमको सीमा नेपाल राष्ट्र बैंकले तोकको TTR बमोजिम हुनेछ । खाता खोलिएको मितिले एक वर्ष भित्र वा बृहत ग्राहक पहिचानको लागि बैंकले तोकेको समयभित्र खाता सक्रिय नगराएमा खाता रोक्का गरिनेछ ।बैकले मागेको खण्डमा खातामा जम्मा गरेको रकमको स्रोत खुलाउने कागजातहरु पेश गर्नुपर्नेछ । मोबाईल बैंकिङ्ग, ईन्टरनेट (अनलाइन) बैंकिङ्गबाट कारोवार गर्ने सुविधा लिनका लागि खातावाला स्वयम् सम्बन्धित शाखामा उपस्थित हुनुपर्नेछ ।

 

यदि तपाइँ ले खाता खोल्न जान्नु भएन वा खाता खोल्न मदद चाहिएमा 009779824135245  मा भाइबर, इमो  call / message  गर्न सक्नु हुनेछ। फेसबुक मेसेन्जर मा मलाइ यहाँ क्लिक गरि  सम्पर्क गर्न सक्नु हुनेछ। 

यो पनि पढ्नुहोस तपाइँ लाई काम लाग्न सक्छ : साइप्रस बाट माछापुछ्रे बैंक मा खाता यसरी खोल्नुस्। STEP BY STEP PROCESS

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।