देश विदेश

ग्रीसमा भिषण आगलागी, हजारौ घरहरु खालि गराइयो , साइप्रसले पठायो मदद

शेयर गर्नुहोस्
समिम मियाँ
४ अगस्ट २०२१/ लिमासोल

ग्रीसको राजधानी एथेन्सको उत्तरमा पर्ने सानो शहर  वेरिबोबी मा मंगलबार देखि लागेको भिषण आगलागी अझै नियन्त्रण मा आएको छैन। क्रोयोनेरी को जंगलबाट सुरु भएको आगो को कारण हजारौ घरहरु खालि गराइएको समाचार संस्था रोइटर्सले जनाएको छ।

आगलागीका कारण अहिले सम्म कुनै मानवीय क्षति नभएको खबर आइरहे पनि धुँवाका कारण धेरैलाई  सास फेर्न समस्या भएको बताईएको छ।

आगलागीका एथेन्स देखि लामिया जाने ग्रिसको राजमार्ग पनि  बन्द गरिएको छ।

ग्रीसले यो साल को गर्मि र हिट वेभ लाई गत ३० वर्ष कै सबै भन्दा धेरै भएको बताएको छ। ग्रीसले पछिल्लो २४ घन्टामा ८१ स्थानमा आगलागी भएको जानकारी दिएको छ।

आगो नियन्त्रण गर्न अहिले ५०० जना भन्दा धेरै  अग्नि नियन्त्रक माउण्ट पर्निथा को तल्लो भागमा परिचालित छन्।  उनीहरु को मदद को लागि नौ हेलिकप्टर  र सात अग्नि नियन्त्रक विमान का साथै ३०५ जना प्रहरी परिचालन गरिएका छन्।

ग्रीसका सिभिल प्रोटेक्सन मंत्रीले आगलागी अत्यन्त खतरनाक भएको बताउदै गर्मि संगै चलेको तेज हावाले झन् मुस्किल भएको बताएका छन्।

मंगलबार साँझ प्रहरीले सो एरियाका घर घर मा गएर घर खालि गरि सुरक्षित स्थान मा पठाएको थियो।

अत्यधिक गर्मीका कारण आगलागी हुन् सक्ने भएकोले सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई सुचना जारी गरिएको छ।

साइप्रसले पठायो मदद 

ग्रीसको आगलागी नियन्त्रण मा सहयोग गर्न ४० जनाको टिम सहित २ दमकल लिएर साइप्रसको अग्नी र सिभिल डिफेन्स आज बिहान ग्रीस जाने भएका छन्। ग्रीसका नागरिक को साथमा साइप्रस उभिएको ट्विट गर्दै राष्ट्रपति निकोस अनास्टसियादेशले ग्रीस सरकारलाई मदद को प्रस्ताव गर्नु भएको थियो।

४० जनाको टीम ४ इन्जिन भएको हर्क्युलिस नामक सेनाको ट्रान्सपोर्ट विमानले लार्नाका बाट ग्रीसको लागी उडान भर्ने अग्नि विभागका प्रवक्ताले  जानकारी दिए।

केहि हप्ता अगाडि साइप्रस मा पनि भिषण आगो लागेको थियो जसलाई नियन्त्रण गर्न २ दिन लागेको थियो।  केहि दिन अघि मात्र अत्याधिक गर्मीका कारण टर्की को उत्तरी भागमा पनि ठुलो आगो लागेको थियो।

केहि दिन देखि  साइप्रसमा अत्यधिक गर्मि का कारण बन विभाग रेड अलर्ट मा बसेको छ।  सम्भावित आगलागी संग जुध्न बन विभाग, अग्नि नियन्त्रक विभाग र सिभिल डिफेन्स  तयारी अवस्थामा बसेको छ।

आज साइप्रसको मौसम विभागले तापक्रम ४४ डिग्री सेल्सियस पुग्ने बताउदै ओरेन्ज warning जारी गरेको छ।  अझै केहि दिन गर्मि यस्तै रहने पनि मौसम विभागले पूर्वानुमान गर्दै आइतबार बाट मात्रै तापक्रम घट्ने बताएको छ।

आज साइप्रसको मौसम विभागले तापक्रम ४४ डिग्री सेल्सियस पुग्ने बताउदै ओरेन्ज warning जारी गरेको छ।  अझै केहि दिन गर्मि यस्तै रहने पनि मौसम विभागले पूर्वानुमान गर्दै आइतबार बाट मात्रै तापक्रम घट्ने बताएको छ।

यो समाचार पनि पढ्नुहोस् : ग्रीस आगलागीका फोटोहरु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “ग्रीसमा भिषण आगलागी, हजारौ घरहरु खालि गराइयो , साइप्रसले पठायो मदद

Comments are closed.