साइप्रस न्युज

खोप लगाउन ‘walk in’ सेन्टरमा भिड, साइप्रस भरी १० लाखले लगाए खोप

शेयर गर्नुहोस्
समिम मियाँ
४ अगस्ट २०२१/ लिमासोल

साइप्रसमा   १० लाख जनाले कम्तिमा एक डोज को खोप लिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। हाल सम्म 537,939 (७४%) जनसंख्याले एक डोज को खोप लगाई सकेका छन् भने 463,108 जना (६६%) ले पुर्ण खोप लगाई सकेको बताइएको छ।

निकोसियामा रहेको   वाक इन भ्याक्सिन सेन्टरको भ्रमणको क्रम मा आज स्वास्थ्य मंत्री मिखालिस हाड्जिपेन्टेलासले कोरोना विरुद्दको लडाइमा १० लाखले खोप लगाउनु एक कोसेढुङ्गा भएको बताउनु भएको छ।

उहाँले अगस्ट महिना को अन्तिम सम्म एक डोज लगाउने को संख्या ८२ % पुर्याउने लक्ष्य राखिएको पनि जानकारी दिनु भयो।

पत्रकार संग कुरा गर्दै मंत्री हाड्जिपेन्टेलासले बुस्टर खोपको रुपमा लगाइने  तेस्रो खोप बारे युरोपका धेरै मुलुकले तयारी गरिरहेको बताए पनि युरोपियन युनियनको स्वीकृति पाए पछि खोप लगाउन तयार रहेको बताए।

कोरोना संक्रमित को संख्या केहि घटे पनि अस्पताल भर्ना हुने को संख्या बढ्दो छ। अस्थायी रुपमा कोरोना हस्पिटल बनाइएको फामागुस्ता हस्पिटलको सबै बेड भरि सकेको छ भने अन्य हस्पिटल को बेड पनि भरिदो छ। भर्ना हुने ८८% कोरोना बिरामीहरु  खोप नलगाएका बिरामी हुन्।

खोप नलगाएका बिरामी बारे पनी पत्रकारले जिज्ञासा राखेका थिए , उनिहरुले खोप लगाएर आफुले आफैलाई सहयोग गर्नु  पर्ने मंत्री हाड्जिपेन्टेलासको धारणा थियो।

 

Photo : PIO
The Minister of Health, Mr Michalis Hadjipantela, at the State Fair Vaccination Center, on the occasion of the completion of one million vaccinations against COVID-19.

निकोसियाको लाट्सिया मा रहेको वाक इन भ्याक्सिन सेन्टर मा मंगलबार  लामो लाइन लागेको थियो।  कुनै अपोइन्टमेन्ट बिना परिचय पत्र लिएर सिधै जान मिल्ने भएकोले भिड भएको हो।

अहिले गेसी मा दर्ता भएकाले मात्र  वाक इन भ्याक्सिन सेन्टर मा जान पाउछन् भने  अगस्ट ६ तारिख देखि हरेक शुक्रबार बिहान ८ बजे देखि १  बजे सम्म खोप लगाउन जान सकिने बताइएको छ।

वाक इन भ्याक्सिन सेन्टर यी स्थानमा रहेका छन्।

निकोसिया : Latsia Health Centre,  लिमासोल : Linopetra Health Centre, लार्नाका : Larnaka Port
पापोस : Pafos General Hospital र  Ammochostos District: Ammochostos General Hospital

यो समाचार पनि पढ्नुहोस् : ग्रीसमा भिषण आगलागी, हजारौ घरहरु खालि गराइयो , साइप्रसले पठायो मदद

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “खोप लगाउन ‘walk in’ सेन्टरमा भिड, साइप्रस भरी १० लाखले लगाए खोप

Comments are closed.