संघसंस्था गतिविधिसाइप्रस न्युज

एनआरएनए साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्वाचित

शेयर गर्नुहोस्
समिम मियाँ
४ अगस्ट २०२१/ लिमासोल

गैर-आवाशीय नेपाल संघ, साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्वाचित भएका छन्।  अनलाइन बाट भएको निर्वाचनमा प्रतिद्वन्दि  सरस्वती खनाललाई कार्कीले फकाकिलो मतान्तरले पराजित गरेका हुन्।

अध्यक्ष र कार्यसमितिका सदस्यका लागि भोटिङ्ग भएको थियो।  उपाध्य्यक्ष, महासचिव,कोषाध्यक्ष, सह कोषाध्यक्ष, युवा संयोजक र महिला प्रतिनिधि भने निर्विरोध भै सकेका छन्  भने सचिव पद मा कुनै उम्मेवारी परेको थिएन।

३६० मतदाता मध्य ३३२ ले भोट दिएको मा कुन्दन कार्कीले २४० भोट प्राप्त गरी एनआरएनए साइप्रसको नेतृत्व जित्न सफल भए।  प्रतिद्वन्दि खनालले भने ९२ भोटमा सिमित हुनु पर्यो।

कार्की २०१९-२०२१ कार्यसमिति मा युवा संयोजक भै काम गरेका व्याक्ति हुन्।

कार्यसमिति सदस्यमा  प्रकास बराईली, नानु गुरुङ्ग, बिना थापा, कर्चुगं डोल्मा, सुरज सहानी, बिन्दु दुलाल आर्चाय र कल्पना कोइराला घिमिरे निर्वाचित भएका छन्। किष्मत पौडेल बरिष्ठ उपाध्य्यक्ष, सितामाया तमागं र राजन श्रेष्ठ उपाध्यक्ष पदमा निर्विरोध भएका हुन्।

आइसिसी सदस्यमा सुबाश मल्ल पनि निर्बिरोध निर्बाचित भएका छन्।

त्यस्तै,  महासचिवमा राधा पोख्ररेल थापा,  कोषाध्यक्षमा सरु नेपाल, सह कोषाध्यक्षमा अजित गुप्ता, युवा संयोजकमा रबि प्रसाद चौरसीया  र महिला प्रतिनिधिमा पिंगला गौतम निर्विरोध भएका हुन्।

कसले कति मत पाए ?

जम्मा मतदाता संख्या : ३६०  भोट खसेको : ३३२

  • कुन्दन कार्कीले २४० भोट
  • सरस्वती खनाल ९२ भोट
  • प्रकास बराईली  २६२ भोट
  • नानु गुरुङ्ग २५५  भोट
  • बिना थापा, २३३  भोट
  • कर्चुगं डोल्मा २३२ भोट
  • सुरज सहानी २२१  भोट
  • बिन्दु दुलाल २११  भोट
  • कल्पना कोइराला घिमिरे २०६  भोट
  • श्याम बहादुर तामांग १२२ भोट
  • अलिशा गुरुङ  ११४ भोट
  • लमु शेर्पा ११२ भोट
  • दिपेन्द्र कुमार चन्द १११ भोट
  • रमिला थापा १०१ भोट
  •  सुशिला देवी चुडाल ९५ भोट
  • सन्ध्या गिरि ४९ भोट

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।