साइप्रस न्युज

वाक इन सेन्टरमा खोप लगाउन लागि हजारौको भिड

शेयर गर्नुहोस्

६ अगस्ट २०२१ 

गेसी मा दर्ता नभएका व्याक्तिलाई आज बाट खोप लगाउन दिने निर्णय भए संगै आज वाक इन सेन्टरमा भिड देखिएको छ। सरकारले अगस्ट ६ तारिख देखि हरेक शुक्रबार बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म  गेसी मा दर्ता नभएका व्याक्तिलाई खोप लगाउने पाउने बताएको थियो।

आज निकोसिया को इम्गोमी स्थित भ्याक्सिन सेन्टरमा खोप लगाउन सयौको संख्यामा लाइन मा रहेको बताइएको छ।  ठुलो संख्यामा  लाइन मा बसेका मध्य सबै लाई खोप लगाउन नसकिने भन्दै केहिलाई फ़र्काइएको साइप्रसमेल ले खबर प्रकाशन गरेको छ।

नर्सिङ्ग सेवाका उपप्रमुखले एक हजार जना सम्मलाई खोप दिन सकिने बताउदै बाकिलाई फर्किन अनुरोध गरेका थिए।

निकोसियामा भ्याक्सिन लगाउन Engomi वाक इन सेन्टरमा ३ सेन्टरमा, लिमासोल को Spyros Kyprianou Stadium मा ३ सेन्टरमा र लार्नाकाको पोर्ट मा एक सेन्टर बनाइ खोप दिएइको छ।

पापोस र फामगुस्ता जिल्लाका वासीले भने जेनेरल हस्पिटल मा चलिरहेको वाक इन सेन्टर मा गएर खोप लिन सक्ने बताइएको छ।

हाल सम्म साइप्रस भरि १० लाख भन्दा बढी ले खोप लगाई सकेका छन्।  अगस्ट महिना को अन्तिम सम्म ८२ % जनतालाई खोप लगाउने सरकारले लक्ष्य राखेको छ।

यो पनि पढ्नुहोस् : खोप लगाउन ‘walk in’ सेन्टरमा भिड, साइप्रस भरी १० लाखले लगाए खोप

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “वाक इन सेन्टरमा खोप लगाउन लागि हजारौको भिड

Comments are closed.