संघसंस्था गतिविधिसाइप्रस न्युज

NRN साईप्रसको चुनावमा धाँधली भएको जागौ नेपालको आरोप, प्रमाणहरु भेटिएको दावी

शेयर गर्नुहोस्
७ अगस्ट २०२१ /साईप्रस ,
गैर-आवासीय नेपाली सघं साईप्रसको चुनावमा धाँधली भएको जागौ नेपाल राष्ट्रिय प्रवास शाखा साईप्रसले आरोप लगाएको छ।
जागौ नेपाल साईप्रसकी अध्यक्ष सुशिला उप्रेती चुडालले आज शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन धाधली पुर्ण ढगंबाट भएको , आफुहरुसगं एथ्येष्ट प्रमाणहरु भएको भन्दै सत्य तथ्य विधि पद्धति सम्मत नभएको , एनआरएनए साईप्रसको नेतृत्व कुनै एक पार्टीको छत्रछायामा भएको आरोप लगाउनु भएको छ ।
निर्वाचन समितिका संयोजक , आईसिसि प्रतिनिधि समेत साईप्रसमा नरहेको , निर्वाचन प्रमुखले कुनै सबै उम्मेद्धवारहरुसगं छलफल नै नगरि निर्वाचन सारेको , एक पक्षिय कुनै एक डिभाईसबाट मत खसालिएको भन्दै अध्यक्षले चुडालले अपत्ति जनाउनु भएको छ ।
निर्वाचन समितिले एक पक्षीय ढगंबाट काम गरेको , सफ्टवेयरले उपलब्ध गराउने जानकारी कुनै एक उम्मेद्धवारलाई मात्रै जिम्मा दिनु गैरकनुनी भएको जागौ नेपालले ठहर गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
लाेकतान्त्रिक बिधि र प्रकृया सम्मत निर्वाचन हुनु पर्नेमा लाेकतन्त्रकाे समेत खिल्ली उढाउने खालकाे प्रक्रियाबाट सन्तुष्ट नभएको बताउदै शाखाले  निर्वाचनकाे सत्यतथ्य छानीविन गरि छिटोभन्दा छिटो निष्कर्ष निकाल्न सम्बन्धित संग माग राखेको छ। मागलाई सम्बोधन नगरिएको खण्डमा कानुनी उपचारका लागी अदालत सम्म जाने विज्ञप्तीमा उल्लेख छ।
” धाधलिपुर्ण गरिएको निर्वाचन परिणाममा बिश्वास गर्ने वातावरण समेत नभएकाे हुदा याे परिणाम मान्य हुने छैन निर्वाचन प्रकृयाकाे समेत खिल्ली उढाउदै निर्वाचन समितिकाे संयाेजक नै नभई गरिएकाे निर्वाचन प्रकृया बिधि सम्मत नभएकाे र उमेदवारहरुसंग आबस्यक छलफल र निर्णय समेत नलिई एकपक्षिय ढंगबाट गरिएकाे फर्जि मत खसालीएकाे ,एउटै डिभाईसकाे प्रयाेगबाट धेरै मत खसाल्ने काम भएकाे प्रति हाम्राे घाेर आपत्ति छ । निर्वाचन समितिले एकपक्ष ढंगबाट काम गरेको देखियो।”  विज्ञप्तिमा भनिएको छ।
गैरआवासीय नेपाली सघंको चुनावले कुनै एक पार्टीको हाबी गराउनु भनेको सारा नेपाली श्रमिकहरुको धज्जीया उढाएको र घोषित समितिलाई सारा साईप्रसबासी श्रमिकहरुले अस्वीकार गरेको टेलिफोनमा अध्यक्ष चुडाले जानकारी दिनुभयो ।
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “NRN साईप्रसको चुनावमा धाँधली भएको जागौ नेपालको आरोप, प्रमाणहरु भेटिएको दावी

Comments are closed.