संघसंस्था गतिविधिसाइप्रस न्युज

NRNA साइप्रस विवाद : ७ संघसंस्था द्वारा एनआरएनको गतिविधि बाहिस्कार

शेयर गर्नुहोस्

१३ अगस्ट २०२१/ लिमासोल 

गैर आवाशीय नेपाली संघ साइप्रसको निर्वाचन मा धाँधली भएको आरोप लागिरहेका बेला साइप्रसका ७ संस्थाले एनआरएन साइप्रस बाहिस्कार गर्ने बताएका छन्।

एनआरएन साइप्रसलाई राजनीतिक दलको भातृ संगठन जसरी प्रयोग गरिएको बताउदै स्थापित विभिन्न संघसंस्थाहरु संग समन्वय गरि  मिलाएर जान नसक्ने र  कुनैपनि विश्वास नदेखिएकाले कुनै राजनीतिक दलको भातृ संगठनको हालिमुहालिमा भएको निर्वाचन र निर्वाचन प्रतिनिधिलाई समर्थन गर्न नसकिने भनि  हिजो बिहिबार जारी भएको संयुक्त प्रेस विज्ञप्ति मा उल्लेख छ।

साइप्रसमा स्थापित मध्य नेपाली जनप्रगतिशील मंच साइप्रस अध्यक्ष रमिला राई, प्रवासी नेपाली मंच साइप्रसका अध्यक्ष चिन्तन बुढामगर , शेर्पा किदुग साइप्रसका  अध्यक्ष डिम दिकि शेर्पा, जागौं नेपाल प्रवास साइप्रसका अध्यक्ष सुशीला देवि चुडाल, चितवन सेवा समाज साइप्रसका अध्यक्ष कविता भण्डारी, किरात राई योयाख्या साइप्रसका अध्यक्ष सेर बहादुर राइ र पोखरा समाज साइप्रसका अध्यक्ष बिजेन्द्र गुरुङ द्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्ति मा एनआरएन को कुनैपनि गतिविधि तथा कार्यक्रमहरुमा सहकार्य सहमति र समन्वय गर्न नसक्ने बताइएको छ।  

“मिति २०२१ अगष्ट २ देखि ४ तारिख सम्म सम्पन्न गरिएको भनिएको एनआरएनए साइप्रसको नवौं अधिवेशनको निर्वाचनमा साइप्रसमा क्रियासिल संघसंस्थाहरु संग कुनैपनि समन्वय नगरी एकतर्फी रूपमा गैर राजनीतिक साझा संगठन एनआरएनए जस्तो संस्थामा पूर्ण रूपमा राजनीतिक स्वामित्व भएको नेपाली जनसम्पर्क समिति साइप्रसको रिफारिसमा तोकिएका व्यक्तिहरुलाई निर्वाचनमा विजय गराउन विधान विपरित पुर्ण रुपमा निर्वाचन गरिएको साथै एउटा विशुद्ध सामाजिक संस्थालाई राजनीतिक दलको भातृ संगठन जसरी प्रयोग गरिएकाले यसरी निर्वाचित प्रतिनिधि र संस्थाले साइप्रसमा रहेका नेपालीहरुको कुनैपनि साझा समस्याहरु समाधान गर्न नसक्ने एवं साइप्रसमा स्थापित विभिन्न संघसंस्थाहरु संग समन्वय गर्न नसक्ने तथा मिलाएर जान नसक्ने र कुनैपनि विश्वास नदेखिएकाले एउटा कुनै राजनीतिक दलको भातृ संगठनको हालिमुहालिमा भएको निर्वाचन र निर्वाचन प्रतिनिधिलाई समर्थन गर्न नसक्ने बेहोरा जानकारी गराउदछौं। ” विज्ञप्ति मा भनिएको छ। 

केहि दिन अघि जागौ नेपाल प्रवास समिति साइप्रसले NRN साईप्रसको चुनावमा धाँधली भएको र प्रमाणहरु भेटिएको दावी गर्दै प्रेस विज्ञप्ति जारी  थियो।

यो पनि पढ्नुहोस् : NRN साईप्रसको चुनावमा धाँधली भएको जागौ नेपालको आरोप, प्रमाणहरु भेटिएको दावी

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।