साइप्रस न्युज

साइप्रसका सात संस्थाले एनआरएन साइप्रसको हरेक गतिविधी बहिष्कार गर्ने

शेयर गर्नुहोस्

१३ अगस्ट २०२१/ लिमासोल 

गैर आवाशीय नेपाली संघ साइप्रसको निर्वाचन मा धाँधली भएको आरोप लागिरहेका बेला साइप्रसका सात संस्थाले एनआरएन साइप्रस बाहिस्कार गर्ने बताएका छन्।

” एनआरएनए साइप्रसको कुनैपनि गतिविधि तथा कार्यक्रमहरुमा हामी सहकार्य सहमति र समन्वय गर्न नसक्ने समेत यहि संयुक्त विज्ञाप्ति मार्फत जानकारी गराउदछौ। ” संयुक्त प्रेस विज्ञप्ति मा उल्लेख छ

नेपाली जनसम्पर्क समिति साइप्रसले एनआरएन साइप्रसको निर्वाचनमा आफ्ना निकट उम्मेद्वारलाई  विजय गराउन विधान विपरित पुर्ण रुपमा निर्वाचन गरिएको साथै  सामाजिक संस्थालाई राजनीतिक दलको भातृ संगठनको रुपमा प्रयोग गरिएको भनि आरोप लगाइएको छ।

“एनआरएनए साइप्रसको नवौं अधिवेशनको निर्वाचनमा साइप्रसमा क्रियासिल संघसंस्थाहरु संग कुनैपनि समन्वय नगरी एकतर्फी रुपमा गैर राजनीतिक साझा संगठन एनआरएनए जस्तो संस्थामा पुर्ण रुपमा राजनीतिक स्वामित्व भएको नेपाली जनसम्पर्क समिति साइप्रसको रिफारिसमा तोकिएका व्यक्तिहरुलाई निर्वाचनमा विजय गराउन विधान विपरित पुर्ण रुपमा निर्वाचन गरिएको साथै एउटा विशुद्ध सामाजिक संस्थालाई राजनीतिक दलको भातृ संगठन जसरी प्रयोग गरिएकाले यसरी निर्वाचित प्रतिनिधि र संस्थाले साइप्रसमा रहेका नेपालीहरुको कुनैपनि साझा समस्याहरु समाधान गर्न नसक्ने एवं साइप्रसमा स्थापित विभिन्न संघसंस्थाहरु संग समन्वय गर्न नसक्ने तथा मिलाएर जान नसक्ने र कुनैपनि विश्वास नदेखिएकाले एउटा कुनै राजनीतिक दलको भातृ संगठनको हालिमुहालिमा भएको निर्वाचन र निर्वाचन प्रतिनिधिलाई समर्थन गर्न नसक्ने बेहोरा जानकारी गराउदछौ।” ७ संस्थाले जारी भएको संयुक्त प्रेस विज्ञप्ति मा उल्लेख छ

साइप्रसमा स्थापित मध्य नेपाली जनप्रगतिशील मंच साइप्रस अध्यक्ष रमिला राई, प्रवासी नेपाली मंच साइप्रसका अध्यक्ष चिन्तन बुढामगर , शेर्पा किदुग साइप्रसका  अध्यक्ष डिम दिकि शेर्पा, जागौं नेपाल प्रवास साइप्रसका अध्यक्ष सुशीला देवि चुडाल, चितवन सेवा समाज साइप्रसका अध्यक्ष कविता भण्डारी, किरात राई योयाख्या साइप्रसका अध्यक्ष सेर बहादुर राइ र पोखरा समाज साइप्रसका अध्यक्ष बिजेन्द्र गुरुङ द्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्ति मा एनआरएन को कुनैपनि गतिविधि तथा कार्यक्रमहरुमा सहकार्य सहमति र समन्वय गर्न नसक्ने बताइएको छ।  

उक्त प्रेस विज्ञप्तिमा निर्वाचन मा धाँधली भएको र  नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण अवैधानिक भएको आरोप लगाउदै संबंधित निकायमा परेका उजुरीको सत्यतथ्य छिटोभन्दा छिटो छानबिन गरि काम कार्वाही गर्न सम्बन्धित निकाय संग अनुरोध गरेको छ। 

” Nrna साइप्रसको निवर्तमान कार्यसमिति लगायत साइप्रस स्थित सम्पूर्ण संघसंस्था एवं साइप्रसमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीको असहमति भएको हुँदा यस्ता अबैधानिक कदम रोकि संबंधित निकायमा परेका उजुरीको सत्यतथ्य छिटोभन्दा छिटो छानबिन गरि काम कार्वाही गर्न अनुरोध गर्दछौं  .”  विज्ञप्तिमा उल्लेख  छ। 

 “गैर आवासीय नेपाली नागरिकहरुको गैर दलिय साझा संस्था एनआरएनए भित्र कुनै एक अमुक दलको एकलौटी क्षत्रछाया,नीति निर्देशन द्वारा संचालित र धादली पुर्ण प्रक्रियाबाट निर्वाचित अध्यक्ष लगायत केही ब्यक्तिहरु अवैधानिक तरिकाबाट सपथ ग्रहण समेत जुम मिटिङ प्रक्रियाबाट गराएको भनी काङ्ग्रेसी भातृ संस्था जनसम्पर्क समिति साइप्रसको पेजमा देखीन आएको हुँदा यस प्रती हामी साइप्रस स्थित सम्पुर्ण संघसंस्था एवं ब्यक्तिहरुको घोर आपत्ति,असहमति र खेद प्रकट गर्दछौं. “ विज्ञप्तिमा भनिएको छ।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।