प्रवास

प्रकृया नपुगेका प्रतिनिधीहरु एनआरएनएले दर्ता नगर्ने

शेयर गर्नुहोस्

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी १० औं महाधिवेशनको लागि प्रतिनिधी दर्तालाई तिब्र पारेको छ ।

केही देशमा हालै निर्वाचित कार्यसमितिले प्रकृया पुरा नगरि मनोपली रुपमा केन्द्रमा नाम पठाउन थाले पछि प्रतिनिधी विवादले चर्को रुप लिएको छ ।

संघको विधान अनुरुप पूर्वपदाधिकारीहरु मध्येबाट पुरानो कार्यसमितिले ६५ प्रतिशत प्रतिनिधी चयन गर्ने प्रावधान विपरित केही एनसीसीमा नयां कार्यसमितिले आफै छनोट गर्न थाले पछि त्यस्ता प्रतिनिधीलाई केन्द्रले दर्ता नगर्ने भएको हो ।

संघका बाँकी २५ प्रतिशत प्रतिनिधी निर्वाचनबाट चयन हुने प्रावधान रहेको छ तर निर्वाचन प्रकृयामा प्रवेश नगरेका राष्ट्रिय समितिमा सहमतिको आधारमा प्रतिनिधी छनोट गर्नु पर्ने छ । ती प्रतिनिधी छनोटमा सहमति नभए बाँकी २५ प्रतिशत प्रतिनिधी महाधिवेशनमा भाग दिनबाट बन्चित हुने छ ।

१० प्रतिशत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेटर अध्यक्षले मनोनयन गर्नु पर्ने बैधानिक व्यवस्था रहेको छ ।

यसैबीच गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले विधानमा उल्लेखित प्रकृयाबाट भन्दा अन्य प्रकृयाबाट छनोट भएका प्रतिनिधीहरुलाई मान्यता नदिने प्रष्ट पार्दै एनआरएनए अमेरिकालाई पत्राचार गरेका छन् ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *