कोरोनादेश विदेश

विश्व बैंकले थप ४० लाख मात्रा खोप उपलब्ध गराउँदै

शेयर गर्नुहोस्

काठमाडौं । विश्व बैंकले नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तीहरु लक्षित गरी ४० लाख मात्रा कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

विश्व बैंकले कोभ्याक्स कार्यक्रम अन्तर्गत ४० लाख मात्रा खोप उपलब्ध गराउन खोप सम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता भएको जानकारी दिएको छ । उक्त खोप फागुनबाट लगाउन सुरु गरिने छ ।

कोभ्याक्स सम्झौता अनुसार गेभिसँग सम्झौता पूरा गर्ने नेपाल विश्वको दोस्रो मुलुक हो। विश्व बैंकले नेपाल सरकारलाई महामारीविरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ । जसमा कोभिड–१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि छ करोड ७५ लाख डलर विनियोजन गरिएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *