प्रवास

एनआरएन इजरायलद्धारा निवर्तमान कार्यसमितिलाई विदाई एवमं नया समितिलाई भब्य स्वागत

शेयर गर्नुहोस्

युरोप , साईप्रस , गैरआवासीय नेपाली सघं ईजरायलले आज शनिवार निवर्तमान कार्य समितिलाई विदाई तथा नया कार्यसमितिका पदाधिकारीहरुलाई भब्यताका साथ स्वागत कार्यक्रम सम्पन्न गरेको छ । गत जुलाई २३ तारिख २०२१ देखि २०२३ का लागि भएको सातौ अधिवेशनले गणेश गिरिको नेतृत्वमा सम्पुर्ण कार्यसमिति निर्विरोध रुपमा निर्वाचित हुनुभएका थिए ।

त्यसै गरि आईसिसि प्रतिनिधिका लागि विशाल ज्ञवाली पनि निर्विरोध रुपमा चयन हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ । आज भएको स्वागत एवमं विदाई कार्यक्रममा ईजरायलका लागि नेपाली राजदुत आन्जान शाक्यको प्रमुख अतिथ्यता एवमं दुतावासकै प्रतिनिधि प्रदिप सागरको विशेष उपस्थिति भएको सम्पन्न भएको थियो ।

अधिवेशनबाट सातौ एनआरएनए एनसिसी इजरायलको कार्यसमितिमा आधि कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका गणेश गिरी यसपटक दोहोरिएर अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा सुमी थापा निर्वाचित भएकी छिन् भने महिला उपाध्यक्षमा भृकुटी बानिया (शुशिला वस्नेत), उपाध्यक्षमा सुनिता गुरुङ निर्वाचित भएकी छिन ।

त्यस्तै महासचिवको जिम्मेवारी पुनस् श्रीकृष्ण भण्डारीले सम्हालेका छन् । अध्यक्षको प्रवल दावेदारको रुपमा देखिएका भण्डारी यस अघिको कार्यसमितिमा पनि महासचिवको जिम्मेवारीमै रहेका थिए । त्यस्तै सचिवमा अलि मोहम्मद मिया चयन भएका छन् । मिया पनि यसअघिको कार्यसमितीमा सह(कोषाध्यक्षको जिम्मेवारी हुदै सचिवको जिम्मेवारी सम्हालीसकेका व्यक्ति हुन् ।

त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी दिलिप सुन्दासलाई दिइएको छ भने महिला संयोजकमा शुनित अम्बोग ( लमु शेर्पा ) निर्वाचित भएकी छिन् । त्यस्तै सदस्यहरुमा क्रमशस् पुजा ( रुवी )चौधरी, कोपिला भट्टराई, खिमा पुन, कमला भुसाल, राम बहादुर बिष्ट, तेज बहादुर गुरुङ र रण कुमारी गल्देन तामाङ चयन भएका छन् ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *