साइप्रस न्युज

स्क्रबको प्रयोग कतिबेला र कसरी गर्ने ?

शेयर गर्नुहोस्

स्क्रब कुन समयमा गर्दा ठिक

१.लाइटनिङ एजेन्टको प्रयोगपछिः
अनुहारमा थप निखारको लागि स्किन लाइटनरको प्रयोग गरिन्छ । स्किन लाइटनरको प्रयोगपछि स्क्रबको प्रयोग गर्नुहुँदैन् । स्किन लाइटनरमा भएको केमिकलले छालाको माथिल्लो पत्रलाई नोक्सान पुर्‍याउँछ । त्यसमाथि स्क्रब गर्दा यसको प्रतिकुल असर छालामा पर्छ । यस्तो बेला स्क्रब गर्दा छाला सुन्निनुको साथै इन्फेक्सनको समस्या आउन सक्छ ।

२.अप्रेशन गरेपछिः
कुनै पनि प्रकारको अप्रेशनपछि स्क्रबको प्रयोग गर्नु राम्रो हुँदैन् । अप्रेशन लगत्तै छाला आफ्नो पुरानो ठाँउमा आउन समय लाग्छ । सामान्यतया अप्रेशन या गम्भीर चोट लागेको ३०–४० दिनपछि मात्र स्क्रबको प्रयोग गर्नुपर्छ । स्क्रबको प्रयोग गर्नुभन्दा अगाडि घाउँ पुरै ठिक भएको छ वा छैन् या छालामा प्रयाप्त कठोरता आएको छ वा छैन् भनेर जाँच गर्नुपर्छ ।

३. घामबाट फर्कने बित्तिकैः
घामबाट फर्कने बित्तिकै स्क्रबको प्रयोग गर्दा छालाको पत्र निस्कन सक्छ । घाममा बस्दा छालाको रोमछिद«ले भिटामिन–डी शोषिण गर्नको लागि ख्ुल्ला हुन्छ । यस्तोमा स्क्रबको प्रयोग ंगरेमा छालाको बाहिरी पत्र निस्किन्छ । घामबाट घरमा आउने बित्तिकै अनुहार साबुन या फेसवासले पनि धुनुहुँदैन् । कम्तिमा पनि २०–३० मिनेटपछि मात्र धुनुपर्छ ।

४.केमिकल बडि पिल गर्नुभन्दा अगाडि या गरेपछिः
अनुहार या पुरै शरिरको मृत छाला निकाल्न र चमक बढाउनको लागि पिल अफ जेलको प्रयोग गरिन्छ । यो केमिकल बडि पिलले छालाको माथिल्लो पत्र निकालिसकेको हुन्छ । यस्तोमा यदि तपाईले स्क्रब गर्नुभयो भने छाला सम्बन्धि विभिन्न समस्या हुन सक्छ । जस्तैः– मसिनो खटिरा आउनु, इन्फेक्सन हुनु, छाला कालोे हुनु आदि ।

कहिले गर्ने त स्क्रब ?
यदि तपाइको छाला सामान्य छ भने सबैभन्दा पहिला माइल्ड फेसवासले अनुहार धुने । त्यसपछि स्क्रबको प्रयोग गर्नुपर्छ । ध्यान राख्नुहोस् धेरै मात्रामा स्क्रब नलिनुहोस् र सर्कुलर मोसनमा अनुहारमा लगाउनुहोस् । यसको प्रयोग ठिक ढंगले प्रयोग गर्न जानेमा तपाईको छाला राम्रो, मुलायम, र चमकदार हुन्छ । ।

यो पनि पढ्नुहोस् काम लाग्न सक्छ : अनुहारको छाला चम्किलो बनाउने घरेलु उपायहरु

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।