साइप्रस न्युज

साइप्रसमा ७० % ले खोप लगाए, आज ५ को मृत्यु, २३४ जना अस्पताल भर्ना

शेयर गर्नुहोस्

समिम मियाँ 

१६ अगस्ट २०२१/ लिमासोल 

कोरोना भाइरसका कारण आज साइप्रसमा ५ जनाले ज्यान गुमाएका छन् भने ३८१ मा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले हस्पिटल मा २३४ जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन्।

यी बिरामी मध्य ८५    जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारी सुरु भए देखि हाल सम्म १,०९,२५३  जनामा कोरोना संक्रमण भै सकेको छ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ३०१  जना मध्य १८ जना , पापोस र लार्नाका एयरपोर्ट बाट ३६३२   जना मध्य ९  जना, व्यक्तिगत रुपमा चेक गराउने १८१० जना मध्य ४० जना,  दुइ सय चालिस  मध्य १६  जना जनस्वास्थ्य ल्याबबाट कोभिड पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका २०,६७२  जना मध्य १७१ जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत १७,७२२  मध्य  १२७  जना मा कोरोना पुस्टी भएको हो।

देश भरका विभिन्न जिल्ला मा गरिएको सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत १२७ बिरामी फेला परेका मध्य निकोसियामा २६  जना, लार्नकामा ११जना, लिमासोलामा २९    जना, पापोसमा १२  जना , फामागुस्तामा १९    जनामा संक्रमण पुष्टी भएको हो।

संक्रमण घटे संगै खोप लगाउन जाने को संख्या पनि बढेको छ तर हस्पिटल भर्ना हुने ८८  % बिरामी खोप नलगायका बिरामी हुन्।

अहिले सम्म ७०.३ % जनसंख्या ले  पहिलो डोज को खोप लगाई सकेका छन् भने अगस्ट महिना को अन्तिम सम्म ८० % खोप लगाउने सरकारको लक्ष्य रहेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।