साइप्रस न्युज

साइप्रसमा बिहिबार ३ को मृत्यु, ४२० मा कोरोना पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ
१९  अगस्ट २०२१/ लिमासोल

कोरोना भाइरसका कारण आज साइप्रसमा  तिन जनाले ज्यान गुमाएका छन् भने चार सय बिस जना मा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले हस्पिटल मा दुइ सय आठ  जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन् भने हाल सम्म ४७० जनाले कोभिड संक्रमण का  ज्यान गुमाई सकेका छन्।

यी बिरामी मध्य पचासी जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारी सुरु भए देखि हाल सम्म एक लाख दस हजार पांच सय अठार   जनामा कोरोना संक्रमण भै सकेको छ।

कन्ट्याक्ट ट्रेसिंगमा परेका ३१४ जना मध्य छपन्न  जना , पापोस र लार्नाका एयरपोर्ट बाट ३५१५ जना मध्य पन्ध्र  जना, व्यक्तिगत रुपमा चेक गराउने२५५९  जना मध्य ७६ जना,  दुइ सय दुइ  मध्य बाह्र  जना जनस्वास्थ्य ल्याबबाट कोभिड पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका २५, ७९३   जना मध्य एक सय तिरासी  जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत १५,७८१   मध्य ७८ जना मा कोरोना पुस्टी भएको हो।

संक्रमण घटे संगै खोप लगाउन जाने को संख्या पनि बढेको छ तर हस्पिटल भर्ना हुने 82 % बिरामी खोप नलगायका बिरामी हुन्।

अहिले सम्म ७०.३ % जनसंख्या ले  पहिलो डोज को खोप लगाई सकेका छन् भने अगस्ट महिना को अन्तिम सम्म ८० % खोप लगाउने सरकारको लक्ष्य रहेको छ।

यो पनि पढ्नुहोस् : शुक्रबार यी स्थानमा हुन्छ कोरोना टेस्ट, कहाँ लगाउने भ्याक्सिन ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *