देश विदेश

सिंगापुर र कम्बोडिया पठाइदिन्छु भनि करोडौ ठगि गर्नेहरु पक्राउ

शेयर गर्नुहोस्

सिंगापुर पठाइदिन्छु भन्दै सयौं युवाहरुलाई ठगी गरेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर दिप बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय गुरुङले सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेका थिए ।

काठमाडौं महानगरपालिका–५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीले करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाएका थिए ।

पैसा उठाएपछि सम्पर्कबिहिन बनेका अन्यको खोजि भइराखेको प्रहरीले बताएको छ ।

ठगी कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरी उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालक सहित ४ जनाको खोजी भइरहेको छ ।

कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् : साइप्रसमा लेबर र हाउसमेडको डिमाण्ड, लेबरको तलब ९० हजार (650 Euro)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।