प्रवास

पोर्चुगलका रोबोट लिम्बूले एनआरएनए युरोपको युवा संयोजकमा उम्मेदवारी दिने

शेयर गर्नुहोस्

युरोप । पोर्चुगलका रोबोट लिम्बूले आगामी अक्टोबर २३-२५ तारिख हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दसौ सम्मेलन र महाधिवेशनमा एनआरएनए युरोपको युवा संयोजकमा उम्मेदवारी दिने भएका छन् । विगत एकदसक देखि एनआरएनए अभियानमा सक्रिय लिम्बू पोर्चुगलका एक सफल युवा व्यवसायी र विद्यावारधी(PHD) अध्यनरत विद्यार्थी हुन् । उनले एनआरएनए पोर्चुगल कार्यसमिति सदस्य, संरक्षक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले आज सामाजिक सन्जालमा विज्ञप्ति प्रकाशित गर्दै आफू एनआरएनए युरोपको युवा संयोजकको जिम्मेवारी रहेर काम गर्न इच्छुक रहेकोले साथ, सहयोग, समर्थन र सुभेच्छाको लागि हार्दिक अपेक्षा राखेको बताएका छन् ।

हेर्नुहोस् लिम्बूको विज्ञप्ति जस्ताको तस्तै : –

गैरआवासीय नेपाली संघ युरोप युवा संयोजकमा मेरो उम्मेदवारी , आदरणीय अग्रज अभियान्ता, एनआरएनए अभियानमा सम्बद्द सबै महानुभावहरुमा सादर नमस्कार !

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबर २३-२५ मा हुने अन्तर्राष्ट्रिय सम्मेलन र केन्द्रीय महाधिवेशनको तीब्र तयारी सुरु भएको छ । संसारभरका गैरआवासीय नेपाली बीच संघको भावि केन्द्रीय र विभिन्न क्षेत्रको नेतृत्वको बारे चर्चा, परिचर्चा र अभिमतहरु जनाउने क्रम सुरु भएको छ ।  प्रवास खासगरी युरोपमा रहेका नेपाली युवाहरुको प्रतिनिधित्व गरी गैरआवासीय अभियानमा युवा क्षेत्रबाट युवाहरुको उर्जा, सीप, ज्ञानको उपयोग गर्दै योगदान पुर्याउने हेतुले गैरआवासीय नेपाली संघको अक्टोबरमा हुने १० औँ सम्मेलन र महाधिवेशनमा एनआरएनएका आदरणीय अग्रजहरु, अभियन्ताज्यूहरु र आत्मीय मित्रहरुसंगको सुझाव र सरसल्लाहमा म युरोप युवा संयोजकमा उम्मेदवारी दिन इच्छुक रहेको छु ।

म विगत ८ बर्षदेखि पोर्चुगलमा रही आफ्नै व्यवसायमा सम्लग्न छु साथसाथै अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत “An Analysis of South China Sea Dispute : EU Positions, Challenge and Future Prospects from an EU Perspective” बिषयमा विद्यावारधी (PHD) मा पनि अध्ययनरत छु । पोर्चुगलमा रहँदा मैले एनआरएनए पोर्चुगलको कार्यसमिति सदस्य(२०१५-१७), संरक्षक (२०१७-१९) र सल्लाहकार (२०१९-२१) को भूमिका निर्वाह गरिसकेको छु र Policy and Procedures Task Force (2019 -21) को सदस्यको रूपमा पनि काम गरेको छु ।  यसबाहेक एक दसकदेखि प्रवासमा रहँदा विभिन्न सामाजिक संघ-संस्थाहरुमा अनेकौं जिम्मेवारी रहेर काम गरिसकेको र कतिपय जिम्मेवारीहरु अहिले पनि निर्वाह गरिरहेको छु ।

अन्त्यमा यहाँहरुको साथ, सहयोग, समर्थन र सुभेच्छाको लागि हार्दिक अपेक्षा राख्दछु ।

-रोबोट लिम्बू  ,पोर्चुगल , इमेल : [email protected] ,

वाट्सअप : 00351960388754
शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *