कोरोना

आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, ३११ मा कोभिड पुष्टी

शेयर गर्नुहोस्
समिम मियाँ
२०  अगस्ट २०२१/ लिमासोल

कोरोना भाइरसका कारण आज साइप्रसमा  पांच जनाले ज्यान गुमाएका छन् भने तिन सय एघार जना मा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले हस्पिटल मा दुइ सय एक  जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन् भने हाल सम्म ४७५ जनाले कोभिड संक्रमण का  ज्यान गुमाई सकेका छन्।

यी बिरामी मध्य सतहत्तर  जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारी सुरु भए देखि हाल सम्म एक लाख दस हजार आठ सय उनान्तीस  जनामा कोरोना संक्रमण भै सकेको छ।

आज पापोस र लार्नाका एयरपोर्ट बाट ३४९३  जना मध्य सात जना, व्यक्तिगत रुपमा चेक गराउने ३३४५  जना मध्य सत्त्तरी  जना,  दुइ सय अठाइस  मध्य बिस  जना जनस्वास्थ्य ल्याबबाट कोभिड पोजेटिभ देखिएको हो।

प्राइभेट ल्याब र फार्मेसीमा गराइएका २४,६०३  जना मध्य एक सय एकचालिस   जना र सरकारी नि:शुल्क र्यापिड टेस्ट कार्यक्रम अन्तर्गत १६३८२   मध्य ७३  जना मा कोरोना पुस्टी भएको हो।

संक्रमण घटे संगै खोप लगाउन जाने को संख्या पनि बढेको छ तर हस्पिटल भर्ना हुने 8३  % बिरामी खोप नलगायका बिरामी हुन्।

अहिले सम्म ७०.८  % जनसंख्या ले  पहिलो डोज को खोप लगाई सकेका छन् भने अगस्ट महिना को अन्तिम सम्म ८० % खोप लगाउने सरकारको लक्ष्य रहेको छ।

यो पनि पढ्नुहोस् : शनिवार यी स्थानमा हुन्छ नि:शुल्क कोरोना टेस्ट

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *