साइप्रस न्युज

झुमा देबी नेपाली बचाऊ अभियानद्धारा ५७ हजार ६०० रकम हस्तान्तरण

शेयर गर्नुहोस्

साईप्रस , युरोप , गुल्मी जिल्लाकी झुमा देबी नेपाली बचाऊ अभियान साईप्रसले उहाको परिवारलाई ५७६०० नेपाली रुपैया हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको ईश्मा गाउपालिका स्थायि घर भएकी झुमा देबी नेपाली पहिला स्तन क्यन्सर पिडित भएर उपचार गराए पश्चाप्त फेरि अर्को आईबोन क्यन्सरले ग्रसित भएपछि सहयोगका लागि याचना गरेकी थिईन ।

झुमा देबी अहिले भारतको एसियन अस्पतालमा उपचारत हुदै गर्दा अप्रेसन लगाएतमा पैसाको कमी भएपछि छोरी अम्रिता बस्यालले साईप्रसमा कार्यरत गुल्मी सेवा समाजका अध्यक्ष श्यामलाल नेपालीलाई सहयोग उठाउनका लागि आग्रह गर्नुभएको थियो ।

समाजका अध्यक्ष नेपालीले गुल्मी जिल्लाका साईप्रसबासी एवमं अन्य सबै नेपाली समुदायहरुसगं सहयोग उठाउनका लागि आफै लागेका थिए । नेपालीका अनुसरा साईप्रसमा रहेका सबै नेपाली समुदायहरुले दुखि झुमा देबीलाई आर्थिक सहयोग गरि उहाको ज्यान बचाउनका लागि अतुलनिय योगदान गरेको साईप्रस नेपाल डटकमलाई जानकारी दिए ।

साईप्रसमा रहेका नेपालीहरुले आफनो खाजाको पैसा कटौती गरि सहयोग गरेकोमा विशेष धन्यबाद दिएको बताए ।

शेयर गर्नुहोस्