Domestic Workerमहत्वपूर्ण जानकारी

कस्तो हुन्छ साइप्रसको लागि घरेलु कामदारको करार पत्र ?

शेयर गर्नुहोस्

साइप्रस मा घरेलु कामदार को लागि आउने वा अन्य काम मा आउने व्याक्तिका लागि अलग अलग किसिमका करार पत्र हुने गर्दछ।  करार पत्रमा कामदार ले पाउने सम्पुर्ण सेवा सुविधा बारे जानकारी दिएको हुन्छ।

कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलव, खाना र बस्‍ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस्

। देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सो को १ प्रति आफूसँग राख्‍नुहोला ।

विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ ।

तपाइँ ले नेपाल मा सम्झौतापत्रमा सही गरेर पठाइने करार पत्रलाई  साइप्रस सरकारले स्ट्याम्प हाने पछि मात्रै त्यो अधिकारिक हुन्छ। जसमा साइप्रस को कम्पनी वा एज्नेसी र नेपाल को म्यानपावर को  छाप पनि समावेश हुन्छ भने कामदार र रोजगारदाताको पनि हस्ताक्षर हुन्छ।

यस्तो हुन्छ घरेलु कामदार को Domestic Worker Employment Contract Paper : फोटो सहित। तल हेर्दै जानु होला। Download गर्न अन्तिम मा जानुहोस्।

यो कन्ट्रयाक पेपर यहाँ क्लिक गरेर डाउन्लोड गर्न सकिन्छ।  

 

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।