देश विदेश

प्रेम विवाहको बाहानामा बेच्न लगिएकी युवतीको दिल्लीबाट उद्धार

शेयर गर्नुहोस्

भारतको राजधानी दिल्लीको जि.बी रोड लगेर बेचिन लागेकी युवतीलाई दिल्ली पुलिस, आफन्त नेपाल र दलित एकता सञ्जालको सहकार्यमा सोही स्थान बाट उद्वार गरिएको छ ।

बैतडी जिल्ला घर भएकी एक २२ वर्षीय युवती सविता (नाम परिवर्तन) आफ्नो दिदि भिनाजु सँग कंचनपुर जिल्लाको सुख्डमा बसोबास गर्दै आएकी थिईन । यसै क्रममा बैतडीकै एक जना युवक सँग चिनजान हुन्छ ।

कुराकानी गर्दै जाँदा माया बस्यो । उक्त युवकले विवाह गर्ने प्रस्ताव राखे पछि विश्वास गरेर केटा सँगै दिल्ली जाने मन बनाईन ।

११ अगस्तका दिन भारत तर्फ आउदै गर्दा गड्डा चौकीमा चेकजाच गर्दा उनी हरु सँग कुनै पनि नाता प्रामाणित हुने कागजात नभेटिए पछि त्यो दिन युवतीलाई सेल्टरमा राखियो भने युवकलाई जिल्ला प्रहरी कार्यालयमा नै राखी १२ अगस्तमा किसोरीको भिनाजु लाई जिम्मा लगाईयो तर उसै दिन उनी हरु झोलङे पुलको बाटो हुँदै तिन हजार नेपाली रुपैया दिएर मोटर साईकलमा राखी नाका कटाएर भारतको राजधानी दिल्ली स्थित आनन्द बिहार बसपार्क पु¥याइयो ।

त्यहाँ एकजना भारतीय नागरिक आएर नोकरी लगाईदिन्छु भन्यो र आफ्नो कोठामा लग्यो ।

कोठामा पुगे पछि युवक नुहाउन जान्छु भनी बाथरुम गएछ । किशोरी थकाई लागेको कारणले निदाउन पुगिन ।

केहीबेर पछि बिउझिदा त्यहाँ आफुलाई लिएर आएको युवक भने थिएन ।

युवतीले त्यो भारतीय नागरिकलाई सोध्दा, मासु रक्सी लिन गएको छ एकछिनमा आउँछ बस भनेछ । उनी बाहिर जान्छु भन्दा जबर्जस्ति गर्न खोजे पछि उनी जसोतसो बाहिर निस्किन सफल भईन बाहिर आएर करिब तीन चार घण्टा युवको इन्तजार गरि रहिन् ।

जब रात पर्दैै जान लाग्यो तब झन डर लाग्न लाग्यो उनलाई ।

उनी रुन कराउन थालिन त्यस पछि छिमेकीको डरले गर्दा त्यो भारतीय नागरिकले उनको ब्याग दियो र कोठा देखि केही पर लगेर छोडेर आफू भाग्यो ।

उनी सडकमा अलपत्र परेकी थिईन , उनी अलपत्र परेको ठाउँ भने दिल्लिको कुख्यात ठाउँ जि।बि। रोड थियो । जब उनलाई यस्तो ठाउमा अलपत्र देखियो एक जना बटुवाले पुलिसलाई खबर गरे ।

१४ अगस्तको दिन परेको हुदा पुलिसले पनि तत्परता देखायो पुलिसले पनि तत्काल नेपाली राजदुतावासमा सम्पर्क गरि राती करिब एक बजे दूतावासको गेटमा पुर्यायो ।

दूतावासको कर्मचारीले आफ्नो नागरिक त्यो पनि युवती यसरी जोखिमा परेको देखे पछि तत्काल सुरक्षित राख्न लगायो र मानव बेचबिखन विरुद्ध सक्रिय संस्था आफन्त नेपाललाई खबर ग¥यो ।

आफन्त नेपालको टिम र दिल्ली महिला आयोगको टोली दूतावास पुगेर परामर्श गर्नुको साथै मेडिकल गराई ति युवती ल्याउने व्यक्ति र कोठामा राख्ने व्यक्तिको खोजबिन र छानबिन गर्न दिल्ली पुलिस सँग समन्वय गरि खोज तलास जारी राख्यो अनेकौं प्रयास गर्दा पनि उनिहरु फेला पर्न सकेका छैनन् ।

मेडिकल चेकजाच पछि महिला आयोगको सुरक्षित आवास गृहमा राखी बाँकी कानुनी प्रक्रियाहरु पूरा गरि सामाजिक कार्यमा सक्रिय संस्था दलित एकता सन्जाल र आफन्त नेपालको संयुक्त पहलमा स्वदेश फिर्ता गराईएको छ ।

स्वदेश फिर्ता गराउने टिमको नेतृत्व भने दलित एकता संजाल नेपाल ९भारत० की महिला ममता बि।क। ले गर्नु भएको थियो ।

जि .बि. रोड नजिकै किन पुर्याईयो त ? तीन हजार रुपैया तिरेर किन नाका पार गराईयो ? किशोरी लाई जोखिमामा छोडेर युबक कहाँ गए ? यी सबै प्रश्नको लागि दिल्ली पुलिस, आफन्त नेपाल र दलित एकता सञ्जाल अनुत्तरित नै छ ।

आशा गरौं एक नारीको जीवन माथि मायाप्रेमको नाटक गरी बेचबिखन गर्न लागेको अपराधीलाइ गिरफ्तार गरेर छानबिन गरि कार्बाहीको दायरामा ल्याउने नै छ ।

साझा नेटवर्क बाट 

यो पनि पढ्नुहोस् : साइप्रसमा Cook र Sailor को माग, तलब १ लाख दस हजार (800 Euro)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।