देश विदेश

आठ महिने बालिकासहित एकै परिवारका तीन जनाले गरे आत्महत्या

शेयर गर्नुहोस्

झापामा एकै परिवारका तीन जना मृत फेला परेकाको मुचुल्का प्रहरीले अझै उठाउन सकेको छैन ।

सोमबार बिहान कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिने छोरी रुविना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रोकश थापाका अनुसार मुनाका माइतीले आफूहरू घटनास्थलमा नआइपुग्दासम्म शव नउठाउन भनेपछि प्रहरीले मुचुल्का उठाउन नसकेको हो ।

‘हामीले मृतकको मुचुल्का उठाउन सकेका छैनौँ । मुनाका माइती उदयपुरबाट आइनपुग्दासम्म शव नउठाउनु भनेकाले हामीले शव उठाएका छैनौँ,’डीएसपी थापाले भने ।

डीएसपी थापाका अनुसार रविनलाई आठ दिन अघिमात्रै कोरोना संक्रमण देखिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रविनले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएका थिए ।

तर, विदेश पठाउन नसकेपछि घरमा पैसा माग्नेहरूले उनलाई दबाब दिएका थिए । सोही रकम फिर्ता गर्न नसक्दा तनावमा आएर आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *