रोचक

उड्दै गरेको जहाजमा बच्चा जन्मिए कुन देशको नागरिक मानिन्छ ?

शेयर गर्नुहोस्

अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चा जन्माएकी छिन् ।

आइतबार, यूएस एयर मोबिलिटी कमाण्डले ट्विटरमा एउटा थ्रेड पोष्ट गर्दै भन्यो कि ती महिला आफ्नो परिवार संग मध्य पूर्वबाट जर्मनी जाँदै थिइन्, तब उनले एउटा बच्चालाई जन्म दिइन् ।

जब महिलाको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, विमानको कमाण्डरले विमानमा हावाको चाप बढाउन तल उड्यो । त्यसले आमाको जीवन बचाउन मद्दत गर्‍यो र उनको अवस्था सुधार भयो ।

जब विमान अवतरण भयो, अमेरिकी सेनाका डाक्टरहरुले बच्चा जन्माउन मद्दत गरे । आमा र बच्चा दुवै खतरामुक्त छन् र नजिकैको अस्पतालमा लगिएको छ ।

यसलाई केही संयोगयुक्त घटना भनिएको छ ।

यस्ता घटनाहरु भएका छन् तर अत्यन्तै कम मात्र । यो खबर आएपछि जर्मनी गन्तव्य भएर उडेका कारण जर्मनी सरकारले उनलाई त्यही जन्मिएको बच्चा मान्ने बताएको छ ।

स्थानीय पञ्चाधिकारीलाई स्थानीय पत्रिकाले सोधेको छ कुनै शिशु आकाशमा जन्मियो भने त्यसको जन्मस्थान कहाँ मान्ने ?

जर्मनी पञ्चाधिकारले भने हाम्रो कानूनले जर्मनी आउन लागेको उडान हो भने र आकाशमा नै बच्चा जन्मिएको हो भने हाम्रो भूमिमा जन्मिएको मान्छौ । यसैले उनी बच्चा हाम्रा नागरिक हुन् ।

के छ नियम र उदाहरण 

हामी धेरैले प्लेनमा नै बच्चाको जन्म भएको सुनेका छैनाैँ होला, तर कतिपय भने यस्ता घटनाको प्रत्यक्षदर्शी समेत भएका पनि हुन सक्छाैँ ।

यदी प्लेनमा बच्चा जन्मिएमा उक्त बच्चा कुन देशको नागरिक हुन्छन् त ? यो कुरा हामी धेरैलाई थाहा नहुन सक्छ ।

विश्वका धेरै देशहरूमा प्लेनमा यात्रा गर्ने विभिन्न नियम बनाएका छन् । उदाहरणका लागि भारतमा ७ महिनाभन्दा धेरै समयकी गर्भवति महिलाले प्लेनमा यात्रा गर्न नपाउने नियम छ ।

यद्यपी महत्वपूर्ण अवस्थाका लागि यो नियम लचिलो छ ।यदी प्लेन उडीरहेको बेलामा महिलाले बच्चालाई जन्म दिएको खण्डमा उक्त प्लेन कुन देशको आकाशमा उडीरहेको छ भन्ने पहिलो शर्त हुनेछ ।

र उक्त प्लेन जुन देशमा ल्याण्ड हुन्छ सोही देशको एयरपोर्टबाट बच्चाको जन्मदर्ता लगायतका कागजातहरू बनाइन्छ । यस्तो नियम भएता पनि बच्चाहरूका अभिभावकमा बच्चालाई कुन देशको नागरिक बनाउने भन्ने अधिकार पनि हुन्छ ।

उदाहरणका  लागि यदी नेपाल बाट अमेरिका तर्फ जाँदै गरेको प्लेन भारतको आकाशमा हुँदा बच्चा जन्मिएमा उक्त बच्चाले भारतको नागरिकता पाउँछ ।

त्यसैगरी उक्त बच्चाका अभिभावक जुन देशका नागरिक छन् सोही देशको नागरिकता पाउँछ । तर, भारतमा २ देशको नागरिकता लिन मिल्ने प्रावधान भने छैन ।

केही वर्षअघि यस्तै घटना अमेरिकामा देखा परेको थियो । नेदरल्याण्डबाट अमेरिका जाँदै गरेको प्लेनमा एट्लान्टिक ओसनमा पुग्दा महिलाले स्वस्थ बालिकालाई जन्म दिइन् । अमेरिकाको सिमानामा जन्मिएको हुनाले ती बालिकाले अमेरिकी नागरिकता प्राप्त गरिन् ।

त्यस्तै उनको नाममा नेदरल्याण्डको नागरिकता पनि बन्यो । यद्यपी हरेक देशले प्लेनमा जन्मिएका बच्चाहरूलाई दिइने नागरिकताका लागि छुट्टाछुट्टै नियम बनाएका छन् ।

यो पनि पढ्नुहोस् : ग्याष्ट्रिककाे औषधी भित्र गाँजा हालेर विदेश लैजान खोज्ने युवक पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।