संघसंस्था गतिविधिसाइप्रस न्युज

शेर्पा किदुक साईप्रस छैठो बर्षमा प्रबेश

शेयर गर्नुहोस्

युरोप ,साईप्रस , शेर्पा किदुक साईप्रसले गत आईतवार आफनो छैठो बार्षिक उत्सव एवम त्रैमासिक बैठक सम्पन्न गरेको छ । साईप्रस देशको पाफोस सहरमा भएको कार्यक्रममा किदुकले सन २०१५ साल देखि नै साईप्रसमा सक्रिय रुपमा समाजिक कार्यहरु गर्दै आईरहेको र अगामी दिनहरुमा समेत गर्दै जाने पदाधिकारीहरुले बताएका थिए ।

किुदककी अध्यक्ष निमदिकी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा साईप्रसमा रहेका शेर्पा समुदायहरुले आफनो भाषा , संस्कृति, धर्म , पहिचानलाई जोगाउनका लागि आफुहरु लागि परेको महासचिव ल्हमु शेर्पाले जानकारी दिनुभयो ।

बैठकले दोलखामा रहेका बाढि पिडितहरुका लागि १५ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको अध्यक्ष निमदिकी शेर्पाले जानकारी दिनुभयो । शेर्पा किदुक साईप्रसले स्थापना काल देखि नै साईप्रसमा रहेका नेपाली समुदायहरुलाई दुख परेको बेलामा सहयोग , सघंसस्थाहरुसगं सहकार्य , नेपालमा दुखि पिडितहरुको घाऊमा मल्हम लगाउने कार्यहरुमा सक्रिय सहभागिता जनाउदै आईरहेको अध्यक्ष शेर्पाले बताउनु भयो ।

अध्यक्ष शेर्पाले शेर्पा किदुक साईप्रसलाई सहयोग गर्ने , साथ दिने , मिडियाको मार्फत अवाजलाई उठाउने साईप्रस नेपाल डटकम लगाएत सबै बुद्धजिवि , समाजसेवि , विद्यार्थीहरुलाई धन्यबाद समेत दिनुभएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *