देश विदेश

युरोप पठाइदिने प्रलोभन देखाई ६ लाख ठगि गर्ने पक्राउ

शेयर गर्नुहोस्

वैदेशिक रोजगारको क्रममा युरोप मुलुक पठाइदिने प्रलोभन देखाई ठगि कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।

युरोपको लिथुवानिया पठाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले रामेछाप गोकुलगंगाका पोशबहादुर सुनुवारलाई बुधबार पक्राउ गरिएको हो ।

सुनुवारले वर्किङ भिसामा लिथुनिया पठाइदिने भन्दै ६ जना युवाहरुबाट एक–एक लाख रुपैयाँका दरले अग्रिम ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

प्रहरीले सुनुवारलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

ठगीमा संलग्न सुनुवारलाई वैदेशिक रोजगार ऐन अनुसार कारवाही हुन्छ, वैदेशिक रोजगार ऐन अनुसार कुनैपनि व्यक्तिलाई वैदशिक रोजगारीमा पठाउन अनुमति छैन ।

कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाउने गिरोहमा संलग्न भई काम गरेको प्रमाणित भएमा जरिवाना सहित जेल सजायको व्यवस्था छ ।

साथै विदेश पठाएर अलपत्र पारेको उजुरी परेमा मानव तस्करीको मुद्धा आकर्षित हुन्छ ।

इराकमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु

वैदेशिक रोजगारका लागि इराकको कुर्दिस्तान गएकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

रोजगारीका क्रममा कोरोना संक्रमित भएपछि अर्बिलको स्थानिय एक अस्पतालमा उपचारका लागि भर्ना भएकी दोलखाकी पेमडिकु शेर्पाको मृत्यु भएको बताइएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “युरोप पठाइदिने प्रलोभन देखाई ६ लाख ठगि गर्ने पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *