देश विदेश

म्यानपावरले ठगेपछि अस्पतालमा बम राखेर फिरौती माग

शेयर गर्नुहोस्

काठमाडौ:= गत भदौ २४ गते काठमाडौँ पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा बम राखिएको खवर फैलियो । उक्त बम अर्को दिन नै सेनाको टोलीले निस्क्रिय बनाएको थियो।

अस्पताल प्राङगणमा बम राखेर डा किशोर प्रधानलाई अपरिचित युवाहरुले ३ करोड फिरौती माग्दै पटक पटक फोन गरिरहे । फोन गर्ने धादिङका आशिष कुंवर थिए ।

कुंवरले डा प्रधानलाई फोन गरेर अस्पताल र घर समेतमा बम राखेको र पैसा नदिए ध्वस्त पारीदिने भन्दै धम्काइरहेका थिए।

अस्पतालमा बम राख्ने कुंवरसहित तीन जनालाई प्रक्रेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई फुटुङ बस्ने २५ वर्षीय आशिष कुंवर, उनका भाई २० वर्षीय अभिषेक कुंवर र रोल्पाको खोलावाङ घर भएका ४० वर्षीय अम्मर बहादुर रोका मगर छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा आइतबार आरोपीहरु सार्वजनिक गरिएको छ।

परिसरका एसएसपी अशोक सिंहका अनुसार धादिङका आशिष र अभिषेक काठमाडौँ फुटुङमा बसेर विदेश जाने तयारीमा थिए । विदेश जाने प्रक्रियाको लागी १७ लाख बढी खर्च भैसकेको थियो । तर भिसा आएको थिएन ।

एक महिना अघि आशिष आँखाको लेन्स फेर्नको लागि मात्रृका आँखा अस्पताल बानेश्वर पुगेका थिए । जहाँ ८० हजार खर्च गरेर आँखा उपचार गरे।

प्रहरीका अनुसार उपचारको लागि आँखा अस्पताल पुगेका उनीहरु अस्पताल चलेको देखेपछि पैसा कमाउन सकिन्छ भनेर बम राख्ने योजना बनाएका थिए । उनीहरुले युट्यूव हेरेर बम बनाउन सिकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

डाक्टरलाई फोन गरेर धम्काउनको लागि एनसेल र स्मार्ट फोनको तीन वटा नयाँ सिमकार्ड किनेका थिए । युट्यूब हेरेरै टाइम बम बनाएपछि उनीहरु ट्याक्सीमा बम लिएर गई अस्पतालको तेस्रो तलामा राखेर फर्केका थिए ।

बम राखेपछि उनीहरुले अस्पतालको एक कर्मचारीलाई फोन गरेर शौचालयमा बम भएको खवर गरेका थिए।

१ करोड ७५ लाख लेनदेन गर्ने गरी अम्मर बहादुर रोकाले बार्गेनिङ गरेका थिए । पैसा लिएर नागढुंगा आउनका लागि प्रधानलाई खवर गरेका थिए । यसै क्रममा आशिष र अम्मरबहादुर प्रक्राउ परे ।

अभिषेकलाई भने प्रहरीले धादिङबाट प्रक्राउ गरेर ल्याएको हो।

प्रहरीले उनीहरूमाथि ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

एसएसपी सिंहका अनुसार उनीहरुले बनाएको बम कुन अवस्थामा थियो, सक्कली नै थियो कि नक्कली, दाजुभाई यसअघि पनि आपराधिक घटनामा संग्लन थिए थियनन् भन्ने बारे थप अनुसन्धान गरिँदैछ।

source :Annapurna post

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।