पापोसको तल भिलेज मा चोरी
१४ सेप्टेम्बर २०२१/ पापोस
पापोस को ‘तल भिलेज’ मा रहेको एक घर मा सोमबार चोरी भएको छ। सोमबार दिउँसो ४ बजे देखि साँझ ९ बजे बीच मा चोरी भएको प्रहरी ले जनाएको छ।
पापोस प्रहरी का अनुसार चोर हरुले पाँच हजार युरो नगद सहित महंगा सामान पनि चोरेका छन्।
प्रहरीको प्रारम्भिक जांच का अनुसार चोरहरु ले किचन को ढोका तोडेर घर मा पसेका बताइएको छ।
घटना को अनुसन्धान प्रहरीले गरिरहेको छ।
अब मौसम शितल हुदै जाने, वर्षाको सम्भावना
१४ सेप्टेम्बर २०२१/ लिमासोल
साइप्रसको मौसम विभाग ले अब को केहि दिन को मौसम को जानकारी दिदै आकाश मा बादल देखिने बताउदै वर्षा हुने बताएको छ। टापु को आतंरिक भूभाग र पहाडि क्षेत्र मा मेघगर्जन सहित वर्षा हुने छ।
बुधबार भने मौसम सफा रहे पनि पश्चिमी र उत्तरी समुन्द्री तटीय इलाकामा बादल लाग्नेछ। केहि इलाकामा भने पानि पर्ने छ मौसम विभाग ले बताएको छ।
त्यस्तै, वुधबार भने सिजनको औसत भन्दा केहि तापक्रम घट्ने छ। बिहिबार र शुक्रबार पनि मौसम उस्तै रहने छ।