साइप्रस न्युज

साइप्रसमा ८० प्रतिशतले कोभिड भ्याक्सिन लगाए, कोरोना नियन्त्रणमा आउदै

शेयर गर्नुहोस्
समिम मियाँ 
१५ सेप्टेम्बेर २०२१/  लिमासोल

साइप्रस सरकारले सुरु गरेको  राष्ट्रिय खोप अभियान कार्यक्रम अन्तर्गत हाल सम्म ७६ % जनताले पुर्ण खोप र ८० % ले कम्तिमा एक डोज को खोप लगाएका छन्।

स्वास्थ्य मंत्री मिल्खालिस हाड्जिपेंतेलास एक लिखित बयान जारी  गर्दै नागरिकहरुको जिम्मेवारीपुर्ण व्यवहारले महामारी विरुद्धको अर्को लडाइ जित्न गरेको बताउनु भएको छ साथै उहाँले भविष्यमा पनि यस्तै जित देख्न पाउनेमा आशावादी रहेको बताउनु भयो।

कोरोना विरुद्दको खोप अभियान को नतिजा अत्यन्त सन्तोषजनक रहेपनि  आउदो जाडो महिनामा पनि  सतर्कता अपनाउनु पर्ने बताइएको छ।

सरकारले हाल सम्म ११,२४,७८६ जनामा खोप लगाई सकेको ताजा तथ्यांक ले देखाएको छ।

कोरोना नियन्त्रण मा आउदै, अस्तपाल भर्ना हुने अधिकांश खोप नलगाएका बिरामी 

कोरोना भाइरसका कारण हिजो २ जनाले   ज्यान गुमाएका छन् भने एक सय छब्बीस  जना मा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले हस्पिटल मा एक सय तिन  जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन् भने हाल सम्म ५३४  जनाले कोभिड संक्रमण का  ज्यान गुमाई सकेका छन्।

यी बिरामी मध्य ४३  जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारी सुरु भए देखि हाल सम्म एक लाख सोर्ह हजार चार सय चौरानब्बे  जनामा कोरोना संक्रमण भै सकेको छ।

संक्रमण घटे संगै खोप लगाउन जाने को संख्या पनि बढेको छ तर हस्पिटल भर्ना हुने ७९  % बिरामी खोप नलगायका बिरामी हुन्।

यो पनि पढ्नुहोस् : साइप्रसमा शरणार्थी र शरण खोजकर्ताको लागि महत्वपुर्ण जानकारी

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।