साइप्रस न्युज

आज हावाहुरी सहित वर्षा हुने पूर्वानुमान, असिना पर्न सक्ने

शेयर गर्नुहोस्

१६ सेप्टेम्बर २०२१/ लिमासोल 

साइप्रसको मौसम विभागले मेघ गर्जन, हावाहुरी सहित वर्षा हुने बताउदै सतर्कता संकेत ‘एल्लो वार्निग’ जारी गरेको छ। विभागले आज दिउँसो १२  बजे देखि बेलुका ६ बजे सम्म को लागि सतर्कता अपनाउन आग्रह गरेको हो।

टापु को आन्तरिक भूभाग, पहाडि इलाका र पूर्वी समुन्द्र तटीय इलाकामा ठुलो हावाहुरी सहित वर्षा हुने पूर्वानुमान गरिएकोले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

आज ५० मिलिमिटर प्रति घण्टा वर्षा हुने अनुमान गर्दै असिना पनि पर्न सक्ने  बताइएको छ।

मौसम यस्तो भए पनि तापक्रम भने टापु को आन्तरिक भूभाग मा ३२ डिग्री सेल्सियस, पश्चिमी समुन्द्र तटीय इलाकामा ३१ , बाँकी सबै समुन्द्र तटीय इलाकामा २९ र पहाडि इलाकामा भने २१ डिग्री सेल्सियस पुग्ने बताइएको छ।

शुक्रबार भने बादल लाग्ने छ भने टापु को दक्षिणी भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा कृषि मजदुर/ लेबरको डिमाण्ड, तलब 455 Euro नेपाली रु 63 हजार

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “आज हावाहुरी सहित वर्षा हुने पूर्वानुमान, असिना पर्न सक्ने

Comments are closed.