महत्वपूर्ण जानकारी

साइप्रसबाट नेपालमा सस्तो मा कल कसरी गर्ने ?

शेयर गर्नुहोस्

अधिकांस ले  आजकल इन्टरनेट बाट कल गर्ने भए पनि नेपाल को भौगिलिक बनावट का कारण वा प्रविधि संग नजिक नभएका कारण कति ले आफ्नो घर वा आफन्तलाई सिधै मोबाइल मै  फोन गर्न पर्ने वाध्यता छ। भर्खर साइप्रस आएकालाई पनि यो सेवा बारे जानकारी नहुँदा महँगो मा कल गर्नु परेको हुन्छ।

साइप्रस बाट नेपाल मा सिधै कल गर्दा महँगो पर्ने गर्छ।  आजकल अनलाइन मोबाइल एप हरुले सस्तो मा कल गर्ने सुविधा दिएका छन्।

ति एप बारे हामि अर्को पटक जानकारी दिने छौ तर आज हामि साइप्रसका टेलिकम सेवा प्रदायक हरु ले विदेश मा सास्तो मा दिएको कल सुविधा बारे बताउदै छौ।

साइप्रसमा अहिले ३ मुख्य टेलिकम प्रदायक कम्पनि रहेका छन्।

इपिक, प्राइमटेल र सिता  यी सिमकार्ड दिने कम्पनी  ले इन्टर्नेशनल कल सेभर नामक सेवा अन्तर्गत सस्तो मा कल गर्ने सुविधा दिएका छन्।

इपिक मा कसरी सुरु गर्ने इन्टर्नेशनल कल सेभर सेवा ?

इपिक मा “पे याज यु गो ” प्रीपेड सेवा का ग्राहकले इन्टर्नेशनल कल सेभर सुरु गराउन *9292# डायल गरि कल गर्नु पर्छ।  यो नि:शुल्क सेवा हो।  तपाई ले यो सेवा एक्टिभ भएको नोतिफिकेशन पाउनु हुनेछ।

अब तपाइँ ले नम्बर डायल गर्नु अघि 9292 राखेर गर्नु पर्छ।

जस्तै :  नेपाल कल गर्न को लागि 9292 + 00 + 977 + मोबाइल नम्बर कल गर्ने।  यसरि कल गर्दा पैसा कम काट्छ।

मोबाइल  मा कल गर्दा 929200977980XXXXXX, काठमाडौँ  ल्याण्डलाइन मा कल गर्दा 9292009771xxxxx

यदि तपाइँ ले 9292 नहानी कल गर्नु भयो भने पैसा महँगो लाग्नेछ।

यो सेवा बन्द गर्न पनि *9292# डायल गरि कल गर्नु पर्छ

इपिक बाट यसरि नेपालमा ल्याण्डलाइन ,मोबाइल मा कल गर्दा  0.21 सेन्ट लाग्छ।  कुन देश मा कल गर्दा कति लाग्छ हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्राइमटेल  मा कसरी सुरु गर्ने इन्टर्नेशनल कल सेभर सेवा ?

प्राइमटेल मा “पे याज यु गो ” प्रीपेड सेवा का ग्राहकले इन्टर्नेशनल कल सेभर सुरु गराउन *123# डायल गरि कल गर्नु पर्छ।

यो सेवा सुरु गर्न पैसा लाग्दैन  ।  तपाई ले यो सेवा एक्टिभ भएको नोटिफिकेशन पाउनु हुनेछ।

अब तपाइँ ले नम्बर डायल गर्नु अघि 8282 राखेर गर्नु पर्छ।

जस्तै :  नेपाल कल गर्न को लागि 8282  + 00 + 977 + मोबाइल नम्बर कल गर्ने।  यसरि कल गर्दा पैसा कम काट्छ।

मोबाइल  मा कल गर्दा 828200977980XXXXXX, र काथमाण्डौ मा  ल्याण्डलाइन मा कल गर्दा 8282009771xxxxx

यदि तपाइँ ले 8282  नहानी कल गर्नु भयो भने पैसा महँगो लाग्नेछ।

यो सेवा बन्द गर्न पनि *123# डायल गरि कल गर्नु पर्छ।  सेवा बन्द गर्दा १ युरो चार्ज लाग्छ।

प्राइमटेल बाट यसरि नेपालमा ल्याण्डलाइन ,मोबाइल मा कल गर्दा  0.21 सेन्ट लाग्छ।  कुन देश मा कल गर्दा कति लाग्छ हेर्न यहाँ क्लिक गर्नुहोस्।

so easy सिता

यो पनि पढ्नुहोस् : साइप्रसमा कुक को डिमाण्ड, तलब एक लाख ४२ हजार (१०१८ युरो)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसबाट नेपालमा सस्तो मा कल कसरी गर्ने ?

Comments are closed.